Thursday, March 28
Shadow

Tag: कोरोना

थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?

थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , चैत ७ । नेपालमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७९ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७५ हजार ८२९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९९८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ८१५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६३७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ३३ हजार ३४५ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ४७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको ...
कोरोना संक्रमण बढेपछि भारतको मध्य प्रदेशका तीन सहरमा फेरि लकडाउन

कोरोना संक्रमण बढेपछि भारतको मध्य प्रदेशका तीन सहरमा फेरि लकडाउन

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौं, चैत ७ । कोरोना संक्रमण बढेपछि भारतस्थित मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको छ। शुक्रबार मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर लकडाउन गर्ने निर्णय गरेका हुन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारदेखि भोपाल, इन्दौर र जबलपुरमा लागू हुनेछ। यी तीन सहरको विद्यालय, कलेज पनि मार्च ३१ सम्म बन्द रहनेछ।‘राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। लकडाउन राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ। यता मुख्यमन्त्री चौहानले कृषकहरूलाई बालीनाली क्षतिको भर्पाइ दिने पनि बताएका छन्।...
कोरोना प्रकोपः विश्वभर मृत्यु हुनेको संख्या २७ लाख नाघ्यो

कोरोना प्रकोपः विश्वभर मृत्यु हुनेको संख्या २७ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ, चैत ६ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ५२ हजार ४७० जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा २ लाख ८७ हजार ७९५ जना, भारतमा १ लाख ५९ हजार ४०५ जना, रूसमा ९३ हजार ८२४ जना, बेलायतमा १ लाख २५ हजार ९२६ जना, फ्रान्समा ९१ हजार ६७९ जना, इटालीमा १लाख ३ हजार ८५५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड २३ लाख ५७ हजार ४७४ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १० लाख ४ हजार ४६५ छ । यसमध्ये ८९ हजार १४० जनाको अव...
भारतमा एकैदिन लगाए २० लाख भन्दा बढीले कोरोना खोप

भारतमा एकैदिन लगाए २० लाख भन्दा बढीले कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागनु २९ । भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् । भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ । कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।...
थप ९७ जनामा कोरोना पुष्टि, ६६ जना संक्रमण मुक्त, मृत्यु कति ?

थप ९७ जनामा कोरोना पुष्टि, ६६ जना संक्रमण मुक्त, मृत्यु कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन २७ । नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९७ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७५ हजार ७० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९४२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ११६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।६ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४८४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ७ हजार ९२२ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ५९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९४२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको...
आज ११२ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज, ४ संक्रमितको मृत्यु

आज ११२ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज, ४ संक्रमितको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ । पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार २७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। नेपालमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७७१ पुगेको मन्त्रालयले जनाएको छ ।...
दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

ब्यानर समाचार, समाचार
काठमाडौंं, फागुन १४। कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ६१८ जना मृतक थपिएको जानकारी दिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९क्राइसिस म्यानेजमेन्ट सेन्टर० कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले क्राइसिस म्यानेजमेन्ट सेन्टर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिसमा बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी दिए । उनले केही संख्या अझै प्रमाणित हुन बाँकी रहेकोले थप बढ्न सक्ने ...
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, फागुन १३ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७२४ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख १८ हजार ३६३ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३० लाख ८३ हजार ३५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ८६ लाख ९९ हजारभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेक...
कोरोनाबाट आज तीनजनाको मृत्यु, ९७ संक्रमित थपिए

कोरोनाबाट आज तीनजनाको मृत्यु, ९७ संक्रमित थपिए

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , फागनु ७ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ५८३ रहेको छ । हाल आइसोलेसनमा एक हजार ५८३ र क्वारेन्टिनमा ६८ जना छन् । पछिल्लो तथ्यांकानुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।...
कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन ५ । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ३ हजार ६४१ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ८९२ जनाको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ९२ हजार २६६ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ८८ लाख २२ हजार ९६० जनामा कोरोना संक्रमण भइसकेको छ ।...