Friday, April 26
Shadow

कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित


  • -इ
  • इ+

काठमाडौँ, माघ २१ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख ७८ हजार ६५७ पुगेको छ ।

बुधबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म २२ लाख ६२ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन् ।

संक्रमित २ करोड ५८ लाख ८३ हजार ३९५ जनामा सक्रिय संक्रमण छ भने ७ करोड ६२ लाख ३३ हजार १७८ जनाले कोरोनालाई जितेका छन् ।

सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९४५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ।

अहिलेसम्म अमेरिकामा ४ लाख ५७ हजार ८५६ जना संक्रमितको ज्यान गएको छ । १ करोड ६७ लाख ५० हजार ४२२ जना निको भएका छन् भने ९८ लाख १९ हजार ६९ जनामा सक्रिय संक्रमण छ ।

विभिन्न अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये २३ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares