Thursday, April 18
Shadow

कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्दै, आज पनि मृत्यु शून्य


  • -इ
  • इ+

काठमाडौं ,माघ २८ । कोरोना भाइरस (कोभिड-१९) का कारण यो महिना तेस्रोपटक शून्य मृत्यु भएको छ । बुधबार भएको शून्य मृत्यु माघ महिनामा भएको तेस्रो शून्य मृत्यु हो ।

मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको थियो । विगत चौबीस घण्टामा तीन हजार ५६७ जनाको पीसीआर परीक्षण गरिएकामा १३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ । त्यस्तै गएको चौबीस घण्टामा ११८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ । हाल क्वारेन्टिनमा ८८ जना छन् भने आइसोलेसनमा एक हजार ७५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares