Friday, April 26
Shadow

काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक


  • -इ
  • इ+

काठमाडौँ , फागुन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेकोलाई सकारात्मक भनेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन सकारात्मक भएको र ईमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् ।

काँग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares