Thursday, April 25
Shadow

मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’


  • -इ
  • इ+

काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रुपमा विभाजित नेकपाको मझधारमा उभिएको छ ।

नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रुपमा देखिएको छ । भलै अहिले पर्ख र हेरको नीति अवलम्बन गरेको कांग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ । कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनसाय बोकेको छ ।

कांग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको च्याँखे का रुपमा पनि अथ्र्याइएको छ । सांगठनिक रुपमा कमजोर काँग्रेसका लागि सत्ता वा संगठन निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । कांग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्नसके भविष्य राम्रो बन्नेछ ।

अहिले सत्ताभन्दा महाधिवेशनलाई लक्षित गरी अघि बढ्नुपर्ने सुझाव जिल्ला तहका नेताहरुको छ । अहिले कांग्रेसले सरकारमा जान हतार गर्नुहुँदैन कांग्रेस दाङका पूर्वसभापति वीरकेशरी गौतम भन्छन्’, ‘कांग्रेसले अहिले सत्ताभन्दा पनि संगठन बनाउनुु जरुरी छ । कांग्रेसको सांगठनिक संरचना सन्तोषजनक देखिन्न ।’

जिल्लामा पहिलो संविधानसभा निर्वाचनयता पाएको मतको आकडाले पनि कांग्रेसको सांगठनिक अवस्थाको चित्रण प्रस्टै देखाइदिन्छ । पहिलो संविधानसभा निर्वाचनमा दाङमा ५७ हजार ३ सय ८१ मत प्राप्त गरेको थियो । यो मत कांग्रेसको जितका लागि प्रायप्त भएन । तत्कालिन चारवटै निर्वाचन क्षेत्रमा कांग्रेस पराजित बन्यो । त्यसको ६ वर्षपछि भएको अर्को संविधानसभा निर्वाचनमा कांग्रेसले ६४ हजार ५८ मत पायो ।

त्यतिबेला जिल्लामा कुल मत १ लाख ७१ हजार ८ सय ८९ थियो । पहिलो संविधानसभा निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनको ६ वर्षको अवधिमा देखिएको कांग्रेसको यो मतान्तर सन्तोषजनक हैन । नागरिक दैनिकबाट

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares