Thursday, April 23
Shadow

Month: April 2024

आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि आजबाट ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ। भर्ना अभियान कार्यक्रमअन्तर्गत विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छाडेका (ड्रप आउट) २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान शुरू भएको छ। त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले अभियानअन्तर्गत शैक्षिक सत्र २०८१ मा १२ लाख १३ हजार बालबालिकालाई विद्यालयमा ल्याउन अभियान शुरू गरेको जानकारी दिनुभयो।...
राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

मुख्य समाचार, राजनिती
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् । ...
नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
धुलिखेल- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे । सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग ...
साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस सम्पन्न गर्‍यो

साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस सम्पन्न गर्‍यो

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौं - श्री साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस चैत्र २७ गते तारकेश्वर नगरपालिका वडा नं १ चुनि स्थीत विद्यालय प्राङ्गणमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्य, नगर उप प्रमुख सिर्जना बुर्लाकाेटी अर्यालकाे विषेश आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर सापकाेटाकाे सभापतित्वमा विद्यालयले ७३ओैं एवं अविभावक दिवस सम्पन्न गरेकाे छ । कार्यक्रम संचालन सहायक प्रधानाध्यापक मोहनकुमार दाहालले गर्नुभएको थियोे । विद्यालयको स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका जिम्मेवार बनेर लागि परेको बताँउदै शैक्षिक सुधारका असरपर्ने खालका गलत गतिविधि स्वीकार्य नहुने बताउनु भयो । हामी काम गर्न आएका हाैं हामी कम बाेल्छाै काम धेरै...
ईदको शुभकामना दिए उपाध्यक्ष मौलाना मशहूद तथा अल्कूफीले

ईदको शुभकामना दिए उपाध्यक्ष मौलाना मशहूद तथा अल्कूफीले

ब्यानर समाचार 2, मुख्य समाचार
  कपिलवस्तुको, चैत्र २८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी लेस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व ईद (इद–उल–फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै खांले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताए । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरुको सम्बोधन तथा नयाँपनलाई समेत अबलम्वन गर्ने आधार निर्माण संविधानले गरेको छ । ...
तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

राजनिती, समाचार
काठमाडौ- नेपाली काङ्ग्रेसको भादृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य सुजन घिमिरेले तरुण दलको केन्द्रिय कार्यालय निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । मंगलबार घिमिरेले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन । नेपाल विद्यार्थी संघबाट राजनीति सुरुगरेका घिमिरे हाल तरुण दलका केन्द्रिय सदस्य समेत हुन । साथै उनी युवा व्यवसायी समेत हुन । घिमिरे तरुण दलको प्रभावसाली नेताको रुपमा परिचित छन । उनको काङ्ग्रेस पार्टीमा पनि राम्रो प्रभाव रहेको उनी निकटहरु बताउँछन् । धादिङ ज्वालामुखीमा जन्मिएका घिमिरे राजनीतिसंगै सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन । ...
नेपाली बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्याप्पी

नेपाली बजारमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्याप्पी

समाचार
कपिलवस्तु , चैत्र २६ । जिल्लाकाे सिमावर्ती बजार लगायत महेन्द्र राजमार्गका चाैक चाैकमा भारतीय काेल्डड्रिंक्स छ्यापछ्यापी बिक्रि भईरहेका छन । आज कृष्णनगर भन्सारका अधिकृत लेखनाथ भट्टराईकाे नेतृत्वमा सशस्त्र प्रहरी कृष्णनगरसंगै खटेकाे बजार अनुगमन टाेलीले बहादुरगंज चाैकबाट लगभग ५५ हजार बराबरकाे ८२२ वटा अवैध भारतीय काेल्डड्रिंक्स बरामद गरेकाे छ । केही दिनदेखि गर्मी बढेसंगै कपिलवस्तु जिल्लाकाे मर्यादपुर, हर्दाैना, कुशहवा बढ्नी, भिल्मि, कृष्णनगर , सिर्सिहवा लगायतका खुला नाका हुँदै अवैध भारतीय काेल्डड्रिंक्स नेपालमा भित्रिदै आएकाे स्राेतले जनाएको छ । गृहमन्त्री रवि लामिछाने बनेपछि ठुला स्केलका तस्करी न्युनीकरण भएकाे छ तर खुला सिमानाका कारण खुद्रा तस्करहरु माैलाउदै गएपछि सुरक्षा निकायकाे टाउकाे दुखाइ बनेकाे छ ।...
कपिलवस्तुको महाराजगन्जमा अवधी लाेकगीत संगीत संरक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तुको महाराजगन्जमा अवधी लाेकगीत संगीत संरक्षण कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, चैत्र २४ महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनीमा “अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान” मुल नाराकाे साथ अवधी लोकगित संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अहिरउवा नाच , कहरउवा नाच ,  विरहा , अल्हा , चनैनी विरहा लगायत अवधी भाषाकाे लाेकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो ।कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्र राज आचार्यले भन्नू भयो कि अवधी भाषाकाे आफ्नाे छुट्टै महत्त्व रहेको कुरा बताउनु भयो । अवधी कला संस्कृतिलाई सबैले संरक्षण गर्नु पर्छ । कार्यक्रमकाे विशिष्ट अतिथि महाराजगन्ज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खानले भने कि अवधी भाषा लाेप हुनुमा हामी सबैको कमीकमजोरीले गर्दा भएको हाे । अवधी भाषालाई विस्तारै विस्तारै बाेल्न छाेडिरहेका छाै । अवधी भाषाकाे कला संस्कृतिल...
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

समाचार, समाज, स्वास्थ्य
काठमाडौँ- परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ । स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको बताए । ...
टोलटोलमा पुगेर जनताको समस्या र गुनासो सुन्दै:  विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ

टोलटोलमा पुगेर जनताको समस्या र गुनासो सुन्दै:  विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ

ब्यानर समाचार 2, मुख्य समाचार
- अमृत भट्टराई  पर्वत , विहादी । पर्वतको विहादी  गाउँपालिकाका अध्यक्ष परविन गुरुङ गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आइरहेका छन् । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत  विहादी गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष परविन गुरुङले भने ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर गाउँ गाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, शिक्षा, कृषि, स्वास्थ्य, खाने पानी लगायतका समस्या समाधानमा भूमिका खेल्ने बताएका छन् । अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ । जनताको जिज्ञासामा अध्यक्ष गुरुङले भने, ‘‘पाल...