Tuesday, April 30
Shadow

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ


  • -इ
  • इ+

धुलिखेल- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग हुनुपर्ने बताए । सो कार्य अगाडि बढाउनका लागि बङ्गलादेश सरकारसँग प्रारम्भिक सहमति भइसकेका कारण अबको १६ वर्षभित्रमा उक्त परियोजना सम्पन्न हुनेमा विश्वस्त रहेको उनले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares