Monday, April 29
Shadow

साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस सम्पन्न गर्‍यो


  • -इ
  • इ+


काठमाण्डौं – श्री साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस चैत्र २७ गते तारकेश्वर नगरपालिका वडा नं १ चुनि स्थीत विद्यालय प्राङ्गणमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्य, नगर उप प्रमुख सिर्जना बुर्लाकाेटी अर्यालकाे विषेश आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर सापकाेटाकाे सभापतित्वमा विद्यालयले ७३ओैं एवं अविभावक दिवस सम्पन्न गरेकाे छ । कार्यक्रम संचालन सहायक प्रधानाध्यापक मोहनकुमार दाहालले गर्नुभएको थियोे ।

विद्यालयको स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका जिम्मेवार बनेर लागि परेको बताँउदै शैक्षिक सुधारका असरपर्ने खालका गलत गतिविधि स्वीकार्य नहुने बताउनु भयो । हामी काम गर्न आएका हाैं हामी कम बाेल्छाै काम धेरै गर्छाैं “विद्यार्थीलाई खाजाको कुरा होस, शिक्षाको कुरा होस, पठन पाठनको कुरा होस या सेवा सुविधाको बिषयमा शिक्षक शिक्षिकालाई के गर्नुपर्दछ,हामि तयार रहेकाे र हामिले शिक्षक, शिक्षिकालाई तालिम लगायतकुराहरूमा हामिले सहयोग गर्नमा नगर पालिका हरहमेसा तयार छ ।
शैक्षिक क्षेत्रको विकासका निम्ती नगरपालिका लगानी गर्नलाई अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि शिक्षा क्षेत्रमा राखेकाे कुरा रहेको बताउनुभयो ।
बिद्यार्थीहरूकाे प्रस्तुति हेर्दा समुदायिक विद्यालयका धेरै सुधार भइरहेको बताँउदै नगरप्रमुख महर्जनले विद्यालयहरुमा कहिले घाम अस्ताउला र घर जाऔंला भन्ने स्थीति भने अहिले नरहेकोमा खुसी लागेको बताउनुभयो तारकेश्वर नगरपालिकालाई शैक्षिक हव बनाउन लागि पेरकाे र यसमा सबैले सहयाेग चाहिने कुरामा जाेड दिनुभयाे ।
सामुदायिक बिद्यालय सुधारका लागि हाम्रो कार्यकालमा धेरै बजेट बिनियाेजन गरेकाे बताउनु भयाे।

विशेष अतिथि सिर्जना बुर्लाकाेटि अर्यालले यस बिद्यालयकाे हरेक कार्यक्रममा मेराे उपस्थिति रहेकाे छ हाम्रो नगरपालिका काे सामुदायिक विद्यालयहरु मध्ये केही पनि कम नरहेकाे आज बिद्यार्थीहरूकाे प्रस्तुतिले मेराे मन छाेएकाे म यस बिद्यालयकाे वृद्धि बिकासकाे लागि सधैं लागि पर्नेछु । यस बिद्यालयकाे सभाहलकाे लागि १०दस लाख बिनियाेजन गसेर काम सम्पन्न भएकाे र याे बिद्यालय नमुना बनाउनकाे लागि म सधै तपाईंहरूकाे साथमा रहेकाे कुरा बताउनु भयाे ।बिद्यालयका प्र.अ डाक्टर टिकाराम भट्टले बिद्यालयमा भए गरेकाे प्रगति प्रतिबेदन पेस गर्नु भयाे ।
विद्यालय व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष सानुकाजि थापाले आफ्नाे छाेरा छाेरि बिदेशमा र निजि बिद्यालयमा पढाउने र सामुदायिक बिद्यालयमा राजनीति गर्नकाे लागि याे बिद्यालय आउने यस्ताे कुरालाई नगरपालिकाले राेकेर जनताकाे र अभिभावककाे अधिकार के हाे भनी पुन ध्यान दिनकाे लागि ध्यानाकर्षण गराउनु भयाे । म यस बिद्यालय व्यवस्थापन समितिकाे अध्यक्षको उम्मेदवार हुदा धेरैनै अनावश्यक राजनैतिक हस्तक्षेप भएको र उक्त हस्तक्षेपलाई अभिभावकले परास्त गरेर म अर्थात सानुकाजी थापा अध्यक्ष भएकाे कुरा बताउनु भयाे । सानुकाजी थापाले आफ्नो मन्तव्यमा भन्नुभयो मान्छेले उस्को क्षमता अनुसारको भारि बाेके मात्रै गन्तव्यमा पुग्ने र ठुलाे भारि बाेकाईदियाे भने त्याे भारि गन्तव्यमा नपुग्ने कुरा बताउनु भयाे ।
पुर्व अध्यक्ष ए्ंब समाजसेवी , राजनीतिकर्मि माधव प्रसाद तिमिल्सिनाले आफ्नो कार्यकालमा विद्यालयमाकाे भाैतिक पुर्वाधार लगायत शैक्षिक गुणस्तर र गतिविधि लाई सशक्त रुपले अगाडी बढाउन सबै अभिभावक, समाजसेवी , राजनैतिक पार्टीको नेता हरु शिक्षक हरुले साथ दिएकोले मात्रै संभव भएको थियो भन्नुभएको थियो भने आफू भन्दा अगाडि र पछिल्लो नेतृत्वको प्रसंसा पनि गर्नु भएको थियो । अझै शैक्षिक सुधार र परिवर्तन गर्नकाे लागि आफ्नो तर्फबाट आगामी दिनमा पनि यस बिद्यालयकाे निम्ति लागिपर्ने कुरा बताउनुभयो ।
नेकपा एमालेका प्रतिनिधि प्रकाश ढकालले पनि स्कुलको शैक्षिक अबस्थामा सुधार ल्याउन आफू र आफ्नो पार्टी सधै अग्रसर रहेको कुरा आफ्नो मन्तव्यमा बताउनुभयो ।
साे अवसरमा पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू , पुर्व शिक्षकहरू शिक्षक शिक्षिकाहरू लगात विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएकाे थियाे।तारकेश्वर नगरपालिकाको शिक्षा शाखाका अधिकृत शन्तोष खनाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवीहरु,
विद्यालय व्यवस्थापन समितिका सदस्यहरू शिक्षक अभिभावक संघका संयाेजक तथा सदस्यहरू विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरू प्यारा बिक्रम कुवँर , लव ढुङ्गाना ,स्याम राज कुवँर , माधव प्रसाद तिमिल्सिना ,रमेशमान कुवँर राजन थापा, सानुकाजि थापा तथा सदस्य एंव समाजसेवी राजन विडारी लगायतकाे उपस्थिति थियाे। साे कार्यक्रममा स्थानीय वडाको राजनैतिक दल नेपाली काङ्ग्रेसका सभापति अम्बरबहादुर तामाङ , नेकपा एमालेका उपाध्यक्ष प्रकाश ढकाल , नेकपा माओवादी केन्द्र का हरि देवकोटा , रास्वपाको सभापति नमराज देवकोटा , नेसपाका नारायण अधिकारी नेकपा माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष  जगन्नाथ राजवाहक लगाएतका प्रतिनिधिहरूकाे उपस्थिति थियाे । उल्लेखनीय मात्रामा अविभावकहरु लगायतको उपस्थीति रहेको थियो।साे अवसरमा पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू , पुर्व शिक्षकहरू शिक्षक शिक्षिकाहरू लगात विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएकाे थियाे।कार्यक्रममा शिक्षक शिक्षिका लगायत विद्यार्थीहरुले बिभिन्न नृत्य तथा मनोरञ्जनात्मक क्रियाकलापहरु देखाएका थिए ।

आफ्नो जिम्मेवारी पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै वडा अध्यक्ष एवं बिद्यालय ब्यबस्थापन अध्यक्ष बिदुर सापकोटाले कार्यक्रमको समापन गर्नुभएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares