Friday, April 24
Shadow

Month: July 2023

आज शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने

आज शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २३ । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर ९ईएफटी०को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो । दोस्रो त्रैमासको अन्तिम शनिबार पनि भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु आज शनिबार पनि खुला रहने भएका छन् । राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।  ...
यस्तो छ आज शनिबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज शनिबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार २३ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकले आज असार २३ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ, यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
काठमाडौं । आज २३ असार शनिवार, ०८ जुलाई २०२३ । साउन कृष्ण षष्ठी आज सूर्योदय बिहान ५ : १४ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग पनि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पाद...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार २२ । शुक्रवार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा प्रतितोला १०० सय र चाँदीको मूल्य २० रूपैयाँले घटेको छ । शुक्रवार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,चाँदीको मूल्य १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
जनक लामा र शान्ति तामाङको “स्वर्गकी परी” सार्वजनिक (भिडियो सहित)

जनक लामा र शान्ति तामाङको “स्वर्गकी परी” सार्वजनिक (भिडियो सहित)

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौं ,असार २२ । “स्वर्गकी परी” बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा र प्रत्यक्ष दोहोरी गायिका शान्ति तामाङको सुमधुर स्वरमा बजारमा आएको यस गितमा अशोक कुमार सापकोटाको शब्द छ भने लय एरेन्ज बिष्णु तामाङ्को रहेको छ । प्रत्यक्ष दोहोरी गायिका शान्ति तामाङको पहिलो गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन दुर्गेश राना मगर मा गरिएको हो । निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा सुबास गौतमको सह–निर्देशन रहेको छ । भिडियोमा गायिका अर्चना स्याङ्तान,तेज्मान तामाङ,ईन्द्र तामाङ र स्वतिका ओझाले अभिनय गरेका छन् । राम के.सीको छायांकन रहेको म्यूजिक भिडियोमा राज कुमार मगरको दृश्य सम्पादन रहेको छ । “स्वर्गकी परी” गीतको भिडियोलाई अर्चना स्याङ्तान नामक युटुबबाट मार्फत गित हे...
कोशी प्रदेशका मुख्यमन्त्रीले थापाले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्रीले थापाले लिए शपथ

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
असार २२ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । आज एक विशेष समारोहकाबीच नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् । समारोहमा मुख्यमन्त्री थापाले नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु र कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरुको कार्यविभाजन भने पछि हुने जनाएको छ ।  ...
जिपको ठक्करबाट कञ्चनपुरमा चालकको मृत्यु

जिपको ठक्करबाट कञ्चनपुरमा चालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
कञ्चनपुर, असार २० । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा साउदको मृत्यु भएको हो । आन बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो ।  ...
निकिता पौडेलको नेतृत्वमा नारी टेलिभिजन आजबाट शुभारम्भ

निकिता पौडेलको नेतृत्वमा नारी टेलिभिजन आजबाट शुभारम्भ

मनोरञ्जन, मुख्य समाचार, समाचार, सुचना प्रविधि
काठमाडौँ, २० असार । १४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मीको नाम परिवर्तन गरि निकिता पौडेलको नेतृत्वमा नारी टेलिभिजन आजबाट शुभारम्भ  भएको छ ।  नारि टेलिभिजनको शुभारम्भ बुढीगंगा नगरपालिकाकी ८४ वर्षिया नन्दा साउँदबाट गरिएको छ । आज बुधबार बुढीगंगा नगरपालिका वडा नम्वर १० मा एक औपचारिक कार्यक्रमका बिच ८४ वर्षिया साउँदद्धारा नारी टेलिभिजनको औपचारिक रूपमा दिप ज्वलन गरेर सुरूवात भएको छ । टेलिभिजनको शुभारम्भ कार्यक्रममा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया कुँवर, १० का वडा अध्यक्ष दलबहादुर साउँद, नारी टेलिभिजनकी अध्यक्ष निकिता पौडेल लामिछाने लगायत अतिथि रहेका थिए । टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका दश एचआईभि संक्रमित महिला र वडाका एकल महिलालाई खाद्यन्न सहयोग गरेको प...
बुधबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ त किनबेच ?

बुधबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ त किनबेच ?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं, असार २०। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो । महासंघले आज बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ र, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीमा ५ रुपैयाँले वृद्धि भएर १३ सय ८० रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने नतिजा ?

एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने नतिजा ?

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार
 काठमाडौं,२० असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । बोर्डले बिहीबार वा शुक्रबारसम्म नतिजा प्रकाशनको तयारी गरेको छ। यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका छन् । यस्तै, १४ वटा बेवसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका (http://www.neb.gov.np/) साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को बेवसाइट (http://www.see.gov.np/)बाट पनि नतिजा हेर्न सकिनेछ। ...