Sunday, April 28
Shadow

एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने नतिजा ?


  • -इ
  • इ+

 काठमाडौं,२० असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । बोर्डले बिहीबार वा शुक्रबारसम्म नतिजा प्रकाशनको तयारी गरेको छ।

यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका छन् । यस्तै, १४ वटा बेवसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका (http://www.neb.gov.np/) साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को बेवसाइट (http://www.see.gov.np/)बाट पनि नतिजा हेर्न सकिनेछ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares