महेन्द्र अधिकारी
काठमाडौं ,असार २२ । “स्वर्गकी परी” बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा र प्रत्यक्ष दोहोरी गायिका शान्ति तामाङको सुमधुर स्वरमा बजारमा आएको यस गितमा अशोक कुमार सापकोटाको शब्द छ भने लय एरेन्ज बिष्णु तामाङ्को रहेको छ ।
प्रत्यक्ष दोहोरी गायिका शान्ति तामाङको पहिलो गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन दुर्गेश राना मगर मा गरिएको हो ।
निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा सुबास गौतमको सह–निर्देशन रहेको छ । भिडियोमा गायिका अर्चना स्याङ्तान,तेज्मान तामाङ,ईन्द्र तामाङ र स्वतिका ओझाले अभिनय गरेका छन् ।
राम के.सीको छायांकन रहेको म्यूजिक भिडियोमा राज कुमार मगरको दृश्य सम्पादन रहेको छ । “स्वर्गकी परी” गीतको भिडियोलाई अर्चना स्याङ्तान नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ ।
हेर्नुहोस् भिडियो: