असार २२ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आज एक विशेष समारोहकाबीच नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
समारोहमा मुख्यमन्त्री थापाले नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु र कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरुको कार्यविभाजन भने पछि हुने जनाएको छ ।