भारतको नौगढ बाट २ किशोरी उद्धार
कृष्णनगर, अषाढ १९
आफन्त नेपाल KIN NEPAL नामक सस्थाले भारतको नौगढ बाट २ नेपाली किशोरीको उद्घार गरि नेपाल ल्याएको छ, उद्धार गरिएका २ किशोरी बुद्धभुमी न.पा कपिलवस्तुका रहेका छन, उद्धार गरिएका किशोरीहरु आसा र रिमा नाम परिबर्तन बर्ष १६ र १७ का रहेका छन ।
भारतमा भाउजु नाता पर्नेले जागिर लगाई दिने भनेर बोलाएपछि उनिहरु घरमा कसैलाई जानकारी नदिई भारत जादै गर्दा अलपत्र अबस्थामा उद्घार गरि संरक्षणमा लिएको बाल न्यायलय का प्रमुख बिरेन्द्र ले जानकारी दिए । उद्घार गरिएका किशोरीहरुलाई तत्काल आफन्त नेपाल सङ्ग समन्वय गरि नेपाल फर्काउने प्रक्रिया अगाडी बढाइएको थियो ।
परिबर्तित नाम आसा र रीमाको अभिभावकलाई सम्पर्क गर्दा भारतमा पुगेको भने पस्चात आफुहरु अचम्ममा परेको बताए । भारतमा रहेको बाल न्यायलयमा सम्पुर्ण प्रक्रिया पुरा गरि स्वदेश फिर्ता गरि अभिबावकको जिम्मा लगाईएको आफन्त नेपालले जनाएको छ ।
आफन्त ने...









