Sunday, April 28
Shadow

निकिता पौडेलको नेतृत्वमा नारी टेलिभिजन आजबाट शुभारम्भ


  • -इ
  • इ+

काठमाडौँ, २० असार । १४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मीको नाम परिवर्तन गरि निकिता पौडेलको नेतृत्वमा नारी टेलिभिजन आजबाट शुभारम्भ  भएको छ ।  नारि टेलिभिजनको शुभारम्भ बुढीगंगा नगरपालिकाकी ८४ वर्षिया नन्दा साउँदबाट गरिएको छ । आज बुधबार बुढीगंगा नगरपालिका वडा नम्वर १० मा एक औपचारिक कार्यक्रमका बिच ८४ वर्षिया साउँदद्धारा नारी टेलिभिजनको औपचारिक रूपमा दिप ज्वलन गरेर सुरूवात भएको छ ।

टेलिभिजनको शुभारम्भ कार्यक्रममा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया कुँवर, १० का वडा अध्यक्ष दलबहादुर साउँद, नारी टेलिभिजनकी अध्यक्ष निकिता पौडेल लामिछाने लगायत अतिथि रहेका थिए ।

टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका दश एचआईभि संक्रमित महिला र वडाका एकल महिलालाई खाद्यन्न सहयोग गरेको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares