काठमाडौँ, असार २३ । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर ९ईएफटी०को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।
दोस्रो त्रैमासको अन्तिम शनिबार पनि भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु आज शनिबार पनि खुला रहने भएका छन् । राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।