Thursday, April 23
Shadow

Month: October 2022

काठमाडौँ–६ मा एमालेको तर्फबाट  गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

काठमाडौँ–६ मा एमालेको तर्फबाट गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
हालै पार्टी प्रवेश गरेर काठमाडौँ–६ मा एमालेको तर्फबाट उम्मेदवारको टिकट हात पारेका सर्वेन्द्र खनाल राजनीतिमा नयाँ अनुहार हुन् । प्रहरी संगठनमा हुँदा विभिन्न काम गरेर चर्चा कमाउन सफल भए पनि केही घटनामा उनी विवादमा परे । समकक्षी डीआइजी रमेश खरेललाई पाखा लगाउँदै खनाल प्रहरी प्रमुख भएका थिए । उनको कार्यकालका बेला बहुचर्चित ‘निर्मला पन्त’को बलात्कारपछि हत्याको घटना भएको थियो । सो घटनाको सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन । २०७६ मा सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँगै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको थियो । प्रहरी प्रमुखबाट अवकास पाएपछि खनालमाथि ‘सांसद अपहरण’को आरोप लागेको थियो । अपहरणको जाहेरी लिएर जानेहरु नै अहिले केपी ओलीसँग सहकार्य गर्न आएको र उनीहरुले उजुरी पनि फिर्ता लिएकाले...
पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति ठिक होइन-पूर्व रक्षामन्त्री प्रधान

पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति ठिक होइन-पूर्व रक्षामन्त्री प्रधान

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्राध्यापन पेसासँगै नेपाली कांग्रेसमा राजनीति गरेका भीमसेनदास  प्रधान २०४८ सालदेखि काठमाडौँ क्षेत्र नं ६ मा भिजेका पुराना नेता हुन् । यसअघि २ पटक संसदीय निर्वाचनमा विजयी भएका उनले २०७० सालको चुनावमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी माओवादीका हीतमान शाक्यसँग ३ सय भोटले पराजित भएका थिए । अघिल्ला २ कार्यकालमा आफूले गरेको कामको मूल्याङ्कन गर्दै जनताले आफूलाई निर्वाचित गराउने उनको विश्वास छ ।  प्रधानले भने, ‘तपाईले क्षेत्र नम्बर ६ का लागि राम्रो काम गर्नुभएको छ भनेर जनताबाट प्रतिक्रिया पाएको छु । जनताले मैले गरेको काम हेरेर विजयी गराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ राजनीतिक दलले पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति भने उनलाई ठिक लाग्ने गरेको छैन । जुनसुकै पार्टीले उम...
शासकीय स्वरुपमा मानवीय मूल्य

शासकीय स्वरुपमा मानवीय मूल्य

ब्यानर समाचार 2, विचार
लेखक: चिरन कोइराला   मानवीय मूल्य (Human Values) परिचयः मानव जाति र समाजको आधारभूत असलपन नै मानवीय मूल्य हो । आधारभूत मानवीय मूल्यहरूले ती मूल्यहरूलाई जनाउँछ जुन मानव हुनुको मूल भाग हो एवं मानवीय हितको मूलमन्त्र हो । मानवमा भएका आधारभूत अन्तर्निहित मानहरूः सत्य, इमान्दारीता, वफादारी, सत्भाव, दया, प्रेम, शान्ति, अहिंसा, असल आचरण, सहयोगी भावना आदिनै मानवीय मूल्यहरु हुन् । मानवमा भएको प्रेम, सद्भाव, सहिष्णुता, विश्वास, भाइचारा, सेवाभाव एकता, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । वर्तमान समयमा प्रविधिको विकास र विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्न पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदाय...
महानगरले नै घरबहाल कर  उठाउने

महानगरले नै घरबहाल कर उठाउने

ब्यानर समाचार 2
 विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताउनुभयो । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गर्नुभयो । विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन । अन्तक्र्रियामा वडाध्यक्षहरुले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरुले कर सङ्कलन गर्न नसकेको बताउनुभयो । धेरै व्यवसायी करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले महानगरको विकासका लागि कर सङ्कलनमा कठोर बन्नुपर्नेमा जोड दिएका । सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख ड...
गाउँगाउँमा रोजगारी र आम्दानीको अवसर : रामचन्द्र पौडेल

गाउँगाउँमा रोजगारी र आम्दानीको अवसर : रामचन्द्र पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले व्यास नगरपालिका–९ मा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले देशको भविष्य कोर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेता पौडेलले राष्ट्रलाई सही बाटो देखाउन र सही दिशामा लैजान आफू राजनीतिमा सक्रिय रहेको बताउनुभयो । गाउँमा रोजगारी र आम्दानीको अवसर गाउँगाउँमा दिलाउन आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सडक, बिजुली, पानी, सञ्चार र पूर्वाधार निर्माणमा लाग्यौँ, हामीले गाउँगाउँमा बाटो पु¥याऔँ, स्कुल पु¥याऔँ तर गाउँ रित्तिदै गएकाले रित्तिनेक्रम रोक्नुपर्छ, अहिलेसम्म गाउँबाट विचलित भएको मनलाई म गाउँमै सेवा र सुविधा पु¥याएर बसौँबसौँ बनाउन लाग्नेछु ।” देशमा सुशासन ...
आम निर्वाचन देशको भविष्य बनाउने अवसर – अध्यक्ष ओली

आम निर्वाचन देशको भविष्य बनाउने अवसर – अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उहाँले बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । ...
५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

ब्यानर समाचार 2
नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन । सिन्धुपाल्चोक नजिकै रहेको सीमा क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ।...

यस वर्षको भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

ब्यानर समाचार 2
सोमबार बसेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरूका लागि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ।
भाइटीकाको साइत : कात्तिक १० गते बिहान ११ : ३७ बजे

भाइटीकाको साइत : कात्तिक १० गते बिहान ११ : ३७ बजे

ब्यानर समाचार 2
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहा...
सिङ्गुसले टोकेर मृत्यु

सिङ्गुसले टोकेर मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो । शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते हुनुभएका सुवेदीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिङ्गुसले राजमार्ग भएर हिँड्ने सर्वसाधारण र मोटरसाइकलमा सवारलाई टोकेको उहाँले बताउनुभयो । सिङ्गुसले टोकेर घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त राजमार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण र चालकलाई सचेत भएरमात्रै हिँड्डुल गर्न प्रहरीले अनुरोध गरेको छ । ...