ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।
...
चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पु¥याएको बताउनुभयो ।
उहाँले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिनुभयो । भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताउनुभयो । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको छ ।
निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो ।
फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ ।
...
नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताउनुभयो ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।” उहाँले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो । लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो । “लोकतन्त्र सङ्कटमा परेको बेला ...
सपनाहरू सधैं वास्तविकता भन्दा अगाडि हुन्छन् नेपाली कम्युनिष्ट आन्दोलन अहिले अत्यन्तै कठिन र गहिरो संकटमा छ र सम्भवतः विगतमा यस्तो जटिल र गहिरो संकटको सामना गर्नु परेको थिएन । यसको अर्थ नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो ६० वर्षभन्दा लामो इतिहासमा कठिनाइको सामना गर्नुपरेको छैन भन्ने होइन । ती कठिनाइहरू र आजको सहज देखिने तर गहिरो संकटबीचको मूल भिन्नता भनेको त्यो आन्दोलनले आफ्ना कार्यकर्ताहरूको सपना देखेको थियो। ती सपनाहरूबाट स्वाभाविक रूपमा बगेको साहस, उत्साह, प्रेरणा र ज्ञानले कठिनाइहरू पार गर्न आवश्यक ऊर्जा प्रदान गर्यो। केही अर्थमा, विश्वव्यापी कम्युनिष्ट आन्दोलन आफैंमा अभूतपूर्व समस्याहरूको सामना गरिरहेको छ। तर नेपाली कम्युनिष्ट आन्दोलनमा पाइने कठिनाइहरु धेरै हिसाबले विश्व कम्युनिष्ट आन्दोलन भन्दा फरक छन् । नेपाल यस्तो देश हो जहाँ वयस्क जनसङ्ख्याको ठूलो हिस्साले आफूलाई कम्युनिस्ट आन्दोलन...
महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।
दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको बैंकले जनाएको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेकाछन् ।...
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि सबै सङ्घीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो ।
साथै सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूलाई आफूलाई खटाइएको निर्वाचन क्षेत्रमा तत्काल गई तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्नपछि कार्यविवरण प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ ।
...
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ मा सदस्य मनोनित गरेको छ ।
प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वमा गठित समितिमा आज पार्टीका केन्द्रीय सदस्य, भ्रातृ तथा शुेभच्छुक संस्थाका पदाधिकारीलगायतलाई मनोनित गर्नुभएको हो ।
...