Thursday, April 23
Shadow

Month: October 2022

चिनियाँ ड्रेगनहरू – किन तिनीहरू यति महत्त्वपूर्ण छन्?

चिनियाँ ड्रेगनहरू – किन तिनीहरू यति महत्त्वपूर्ण छन्?

अचम्मका कुरा, ब्यानर समाचार 2
ड्रेगन चीनमा सबैभन्दा लोकप्रिय प्रतीकहरू मध्ये एक हो र व्यापक रूपमा देश बाहिर पनि सबैभन्दा चिनिने चिनियाँ प्रतीकको रूपमा मानिन्छ। ड्र्यागन मिथक सबै चिनियाँ राज्यहरूको संस्कृति, पौराणिक कथा, र दर्शनको एक हिस्सा भएको छ र आजको दिनसम्म गहिरो मूल्यवान छ। चिनियाँ ड्र्यागनका प्रकारहरू: त्यहाँ चिनियाँ ड्र्यागनका धेरै भिन्नताहरू छन्, प्राचीन चिनियाँ ब्रह्माण्डविद्हरूले चार मुख्य प्रकारहरू परिभाषित गरेका छन्: - सेलेस्टियल ड्रैगन (Tianlong): यिनीहरूले देवताहरूको स्वर्गीय निवासहरूको रक्षा गर्छन्, - अर्थ ड्रैगन (Dilong): यी प्रसिद्ध जल आत्माहरू हुन्, जसले जलमार्गहरू नियन्त्रण गर्दछ, - आध्यात्मिक ड्र्यागन (Shenlong): यी प्राणीहरु को शक्ति र वर्षा र बतास को नियन्त्रण छ, - लुकेको खजानाको ड्र्यागन (फुजाङलोङ): यी ड्रेगनहरूले लुकेको खजानालाई सुरक्षित राख्छन्, दुबै प्राकृतिक रूपमा हुने र मानव निर्मि...
किन नेपालको झण्डा मात्र त्रिकोणाकार ?

किन नेपालको झण्डा मात्र त्रिकोणाकार ?

ब्यानर समाचार 2, विचार
नेपालको बाहेक सबै देशको झण्डा चतुर्भुजाकार छन्, आखिर हाम्रो देशको झण्डा मात्र कसरी त्रिकोणाकार हुन पुग्यो? कहिले हुन पुग्यो? यसका डिजाइनर को थिए? झण्डाको कहानी बुझ्नको लागी सर्वप्रथम 'समुन्द्री जहाज युग' बुझ्न जरूरी छ। सन् १६०० देखि १८०० को बिचमा पानी जहाजको राम्रो विकास तथा विस्तार भएको देखिन्छ। पानीजहाज मार्फत नै युरोपियन देशहरूले अन्य देशहरूमा कब्जा तथा शासन गर्ने गर्थे। यातायातको भरपर्दो र बलियो माध्यम थियो पानीजहाज। यो समुन्द्री जहाज युग भन्दा अगाडी सम्म राष्ट्रिय झण्डा खासै प्रचलनमा थिएन,जब शत्रु वा मित्र जहाज चिन्नको लागी समस्या देखिने भयो तब समुन्द्री जहाज सम्पन्न राष्ट्रहरूले संकेतस्वरूप आफ्नो आफ्नो चतुर्भुजाकार झण्डा प्रयोग गर्न थाले। हाबाको तिब्र वेगमा पनि चतुर्भुजाकार झण्डा परैबाट स्पष्ट देख्न सकिने र अन्य तवरले पनि सहज भएकाले जहाजमा चारभुजे झण्डाको विस्तार भयो। र ज...
कांग्रेसको घोषणापत्र :  एक घर, एक धारा

कांग्रेसको घोषणापत्र : एक घर, एक धारा

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ । फोहर पानी प्रशोधन केन्द्र हरेक प्रमुख सहरमा सुरु गरी घर, कारखाना तथा व्यवसायका फोहर पानी बिनाप्रशोधन सिधै नदीमा नपुग्ने व्यवस्था गरिने, ठूला सहरमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमितरूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धति स्थापित गर्ने जनाएको छ । यस्तै इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनसम्म पु¥याइने र शिक्षा तथा...
आज छठ व्रतः ‘सझिया घाट’ को तयारी

आज छठ व्रतः ‘सझिया घाट’ को तयारी

ब्यानर समाचार 2, समाचार
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ । यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् । त्यसैगरी हिजो शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ । श्रद्धा, निष्ठा र भक्तिसाथ मनाइने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर...
आगलागी हुँदा  एक करोड मूल्य बराबरको मालसामान  नष्ट

आगलागी हुँदा एक करोड मूल्य बराबरको मालसामान नष्ट

ब्यानर समाचार 2
कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा रु एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा रु १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा रु १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् । यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा रु १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा रु ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा रु ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनुभयो । हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी ...
काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?

काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
हिजो त्याग र वलिदानको अनुपम उदाहरण देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अहिले एजेण्डा विहीन भएको प्रतित हुन्छ । ‘व्यवस्था बदल्यौं, अवस्था बदल्ने छौं’ भन्ने मुख्य नारा बनाएको माओवादी केन्द्रले यतिवेला आफू उठेका हरेक चुनावी क्षेत्रमा जित्नका लागि मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री बन्ने भन्दै मतदातालाई सपना बाँडिरहेका छन् । केही दिनअघि माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले ओनसरी घर्ती उठेको क्षेत्र काठमाडौं–२ मा पुगेर आश्वासन दिए, ‘ओनसरीलाई चुनाव जिताउनुस म विकासे मन्त्री बनाउने छु ।’ काठमाडौं २ का जनताले प्रचण्डले दिने भनेको विकासे मन्त्रीको आश्वासनलाई खासै महत्व दिएनन् । प्रधानमन्त्री बनिसकेका र बन्ने हैसियत रहेका माधवकुमार नेपाललाई पटकपटक मत दिइसकेका त्यस क्षेत्रका जनताले विकासे मन्त्रीको ललीपपलाई के महत्व दिन्थे र ? त्यसपछि ओनसरीले चुनावी अभियानमा उम्मेदवारसँग ...
खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

ब्यानर समाचार 2
आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो । नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । ...
कांग्रेसको सङ्कल्पपत्रमा कृषि

कांग्रेसको सङ्कल्पपत्रमा कृषि

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान गर्ने कृषि क्षेत्रको प्रवद्र्धन गर्ने नीतिअनुरुप कांग्रेसले नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्य असुरक्षा सूचकाङ्कमा प्रगति गर्ने योजना अघि बढाएको छ । कांग्रेसले आगामी पाँच वर्षमा कृषिको थप आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने लक्ष्य लिएको छ । बढी उत्पादन दिने बाली तथा पशुपक्षीको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानलाई प्राथमिकता दिइनेछ । उन्नत जातका बीउबिजनको उपलब्धतालाई सहज र सुलभ बनाउने व्य...
दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्र छन् । उक्त निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुँदैछ । आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । आगामी निर्वाचनबाट प्रतिनिधिसभाको समानुपा...