Saturday, April 20
Shadow

किन नेपालको झण्डा मात्र त्रिकोणाकार ?


  • -इ
  • इ+

नेपालको बाहेक सबै देशको झण्डा चतुर्भुजाकार छन्,

आखिर हाम्रो देशको झण्डा मात्र कसरी त्रिकोणाकार हुन पुग्यो? कहिले हुन पुग्यो? यसका डिजाइनर को थिए?

झण्डाको कहानी बुझ्नको लागी सर्वप्रथम ‘समुन्द्री जहाज युग’ बुझ्न जरूरी छ। सन् १६०० देखि १८०० को बिचमा पानी जहाजको राम्रो विकास तथा विस्तार भएको देखिन्छ।

पानीजहाज मार्फत नै युरोपियन देशहरूले अन्य देशहरूमा कब्जा तथा शासन गर्ने गर्थे। यातायातको भरपर्दो र बलियो माध्यम थियो पानीजहाज। यो समुन्द्री जहाज युग भन्दा अगाडी सम्म राष्ट्रिय झण्डा खासै प्रचलनमा थिएन,जब शत्रु वा मित्र जहाज चिन्नको लागी समस्या देखिने भयो तब समुन्द्री जहाज सम्पन्न राष्ट्रहरूले संकेतस्वरूप आफ्नो आफ्नो चतुर्भुजाकार झण्डा प्रयोग गर्न थाले।

हाबाको तिब्र वेगमा पनि चतुर्भुजाकार झण्डा परैबाट स्पष्ट देख्न सकिने र अन्य तवरले पनि सहज भएकाले जहाजमा चारभुजे झण्डाको विस्तार भयो। र जुन जुन देशमा युरोपेली देशहरूको कब्जा भयो,प्रभावस्वरूप तथा देखासिकीमा त्यस देशहरूमा पनि चतुर्भुज झण्डाको प्रचलन बढेको देखिन्छ।

अब प्रश्न आउछ,

नेपालको झण्डा किन त्रिकोणाकार भयो? कहिले देखि सुरू भयो? कसले सुरू गर्यो?

हामीले सहजै एउटै उत्तर भेट्छौ कि नेपालमा झण्डाको सुरुवात पृथ्वीनारायण शाहको पालादेखी भएको थियो र प्रचलनमा आएको थियो। तर पृथ्वी नारायण शाहको पाला भन्दा धेरै अगाडी बनेको चागुनारायणको मन्दिरमा धातुद्वारा निर्मित नेपालको झण्डाको स्वरूपबाट उक्त तथ्य सत्य प्रमाणित नभएको बुझ्न सकिन्छ।

तर समयक्रम अनुसार नेपालको झण्डामा सामान्य परिवर्तन चाहि देख्न पाइन्छ।सन् १९६२ को संविधान अघि नेपालको झण्डामा चन्द्र र सुर्यमा अनुहार हुने गर्थे, जुन पछि हटाइयो।

त्रिकोणाकार झण्डा कसले सुरू गर्यो र कहिलेबाट सुरू भयो भन्ने ठोस प्रमाण भेटिदैन।

बिभिन्न तथ्यहरू विचार गर्दा त्रिकोणाकार झण्डाहरू हाम्रो हिन्दु धर्ममा वैदिक युग देखि नै प्रचलनमा रहेको पाइन्छ। हिन्दु धर्म तथा वेदमा प्रयोग हुने षड्कोण यन्त्रबाट त्रिकोण झण्डाको सुरूवात भएको मान्न सकिन्छ। षड्कोणमा माथिको त्रिकोणले आगो/गर्मी र तल्लो त्रिकोणले पानी/सर्दी जनाउछन्। यही आगो र पानीको उपज नै हाम्रो पृथ्वीको जीवनचक्र हो। यी दुईविना प्राणीको जनजीवन सम्भव रहदैन। यही दुई त्रिकोणहरू तथा यसको वैदिक सनातन महत्वलाई मनन गरी नेपालको झण्डा त्रिकोणाकार तथा दुई त्रिकोणको अर्थ पानी/सर्दी-चन्द्रमा र आगो/गर्मी-सुर्य समेतलाई समावेश गरी अर्थपुर्ण तरिकाबाट यसको सुरूवात भएको देखिन्छ। नेपाल कुनैपनि बेलामा कसैको अधिन तथा प्रभावमा नरही स्वतन्त्र हिन्दु बाहुल्य राष्ट्र रहेकाले नेपालको झण्डा सनातन स्वरूपमै अहिले सम्म पनि त्रिकोणाकार रही आएको छ।

हालको झण्डामा तीन रङ रातोले बहादुरी ,सेतोले सद् भाव ,र निलोले शान्ती, प्रतिक जनाउछ।

नेपालको झण्डा किन त्रिकोणात्मक छ भन्ने बिषयमा अन्य विभिन्न किम्बदन्तीहरू भेटिन्छन्:

  • झण्डाको आकार हिमालयको प्रतिक हो ।
  • झण्डाको दुई त्रिकोणले दुई धर्म हिन्दु र बौद्ध जनाउँछ।
  • सूर्यले सूर्यवंशी र चन्द्रले चन्द्रवंशीलाई जनाउँछ।
  • जब सम्म चन्द्र सूर्य आकाशमा रहन्छ तब सम्म नेपाल रहिरहने छ।

नेपालको झण्डाको विषयमा आ आफ्नै मत विश्वास तथा आस्था भेटिन्छन् र ति सबै सम्माननीय छन् ।

 

सुझावको आशा सहित धन्यवाद ।  दिक्षान्त तिमल्सिना

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares