नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो ।
नवरात्रिको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।
मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् ।
यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनु...
विश्व मा कुन ईश्वर ठूलाे अथवा कसकाे ईश्वर ठूलाे ? इत्यादि विवाद लामाे समय देखि सुनिँदै आएकाे छ । आज एस विषय मा केही मनन गराैं । एस कुरा काे समाधान वेद वाङ्मय र भगवद् गीता मा स्पष्ट रूप मा पाइन्छ ।
पहिले के कुरा बुझाैं भने ईश्वर भन्ने जुन महान् तत्त्व छ त्याे वास्तवमा संसारमा एउटै मात्र छ र त्याे सर्वव्यापी पनि छ । साथै ऊ साकार रूप धारण गर्न पनि सक्छ र निराकार भइरहन पनि सक्छ । साथै ऊ प्राणी मात्र काे साझा पनि हाे । एसरी याे ईश्वर भनिने तत्त्व एस्ताे रहेछ भन्ने निश्चित भए पछि र सर्वव्यापी पनि छ भन्ने भए पछि एस्ताे एकल साझा तत्त्व लाई तेराे र मेराे अनि ठूलाे र सानाे भन्ने प्रश्न उठाउनु कहाँ सम्म उचित हाेला र ?
वैदिक वाङ्मय मा के पनि भनिएकाे छ भने संसार काे रचना गर्ने, सञ्चालन गर्ने र प्रलय गर्ने सबै काम उही ईश्वर कै अध्यक्षता मा हुने गर्छ हेर्नु हाेस् गीता नवाैं अध्याय। अनि विना ईश्वर...
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जर सम्झौता भएको छ । आज होटल मेरियटमा मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । एनसीसी बैंक मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंक मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई बैंकबीच १ः१ शेयर स्वाप रेसियोमा सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको नाम कुमारी बैंक, सीईओमा रमेशराज अर्याल र वरिष्ठ नायब सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल हुने सहमति बनेको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ भने कूल शाखा संख्या ३५५ हुनेछ ।
...
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदहसमुद्र सतहदेखि तीन हजार चार सय ८२ उचाइमा यो रहेको छ ।
सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिनुभयो ।“सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ”, उहाँले भन्नुभयो । तालको हालसम्म लम्वाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष चौलागाईंले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रबारे जानकारी दिँदै तालको विक...
काठमाडौँ: गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।
मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी प्राप्त भएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताउनुभयो ।
मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको पनि उहाँले जानकारी दिनुभयो । हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ ।
यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिनुभयो ।
गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनु...
बडादशैँको घटस्थापनासँगै महोत्तरी जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीे मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष केबल दशैँको १० दिन मात्रै यो मन्दिर खुला रहने गर्छ । घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा, अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।
यहाँको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । दशैँमा पुजारीले उनको १० दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दसैँभरिमा त्रिशूली देवी मन्दिरमा हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा ...
बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा गोरखाको कालिका मन्दिरमा रहेकोदशेैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उहाँले बताउनुभयो ।
मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।
बडादशेैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्र...
घटस्थापनाका दिन आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा घटस्थापनाको दिनबाट यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने र मेला भर्ने परम्रपरा रहेको छ ।
नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ । नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मा...
नवरात्रिको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ ।
शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ । हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
...