Saturday, May 4
Shadow

प्रेस काउन्सिल नेपाल द्वारा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

काठमाडौँ :  मिति २०७९।०५।३१ शुक्रबारका दिन प्रेस काउन्सिल नेपालको प्रागणमा भएको “पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम” अनलाइन सञ्चारकर्मीहरूलाई अभिमुखीकरण तालिमसहित प्रमाणपत्र वितरणपश्चात सम्पन्न भयो।

उक्त कार्यक्रम को अध्यक्षता प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन’ सञ्चालकद्वय रामशरण बोहोरा र झविन्द्र भुसालले  गर्नुभएको थियो।

दुई चरणमा भएको कार्यक्रममा २७ संस्थाले भाग लिएका थिए। जिल्ला बाहिर रहनुभएका पत्रकार साथीहरू अनलाइन मार्फत जोडिनु भएको थियो।

विषयविज्ञ हरि प्रसाद जोशी(प्रेस काउन्सिलका सदस्य)ले नकारात्मक/भ्रामक समाचार बनाएर आफ्नो ग्राहक बनाउनु भन्दा   सत्य तथ्यमा आधारित समाचार, स्वस्थ र जिम्मेवारपुर्ण समाचार सम्प्रेषण गरी  समाजलाई सकारात्मकतातर्फ अगाडी बनाउने मिसन पत्रकारिता हुनुपर्छ भन्नेमा जोड दिनुभयो साथै गोप्य स्रोतको संरक्षण गर्दै समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । पत्रकारितामा गोप्य स्रोतको दुरूपयोग बढेको भन्दै उहाँले न्याय निरूपणमा प्रभाव पार्न नहुने, पीडितलाई थप पीडा पुग्ने गरी समाचार सम्प्रेषण गर्न नहुने उल्लेख गर्नुभयो ।

अर्का सदस्य एवं विषयविज्ञ दुर्गा भण्डारीले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानबारे जानकारी दिदै पत्रकारिता व्यक्तिको लागि हैन राष्ट्र र समाज को लागि हो भन्ने सन्देश दिनुभयो ।

यस्तै अनलाइन सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकको जिज्ञासाको जवाफ काउन्सिलका आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले दिनुभयो ।

प्रमाणपत्र वितरण पश्चात् कार्यक्रमको समापन भयो । साथै यही असोज ६ गते प्रेस काउन्सिलले उत्कृष्ट मिडियाकर्मीलाई पुरस्कार वितरणको कार्यक्रम भएको जानकारी तथा सम्पूर्ण लाई सहभागिताको आमन्त्रण सहित विदाई गरियो।

फोटो: प्रेस काउन्सिल नेपाल

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares