Friday, April 24
Shadow

Month: September 2022

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

ब्यानर समाचार 2, समाचार
झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । “अधिकांश उपकरण आइसकेको, एकाध बाँकी छ”, उहाँले भन्नुभयो, “अब मेसिन एकअर्कामा जोड्ने काम बाँकी छ ।” कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थ...
नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश  घोषणा

नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

आर्थिक, ब्यानर समाचार 2
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश  वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीले शेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ०.७९ प्रतिशत लाभांश कर तिर्नका लागि वितरण गर्न लागिएको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी २२औं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।...
कृषिका सहुलियत र अनुदानका कार्यक्रममा सीमितको पहुँच

कृषिका सहुलियत र अनुदानका कार्यक्रममा सीमितको पहुँच

कृर्षि, ब्यानर समाचार 2, समाचार
सुदूरपश्चिम, ३१ भदौ ९  : कृषि विकाससम्बन्धी कार्यक्रममा दिइने सहुलियत र अनुदानका कार्यक्रममा टाठाबाठा किसानको हालीमुहालीले वास्तविक र साना किसान फाइदा लिनबाट बञ्चित भइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नीति तथा कार्यक्रम कार्यान्वयन तथा समन्वय गर्न धनगढीमा बिहीबार आयोजित छलफलमा सहभागी कृषक प्रतिनिधिले टाठाबाठाले मात्रै कृषिसम्बन्धी अनुदान र सहुलियत पाएकाले वास्तविक र साना किसान बञ्चित भइरहेको गुनासो गरेका छन् । “टाठाबाठाले मात्र अनुदान तथा सहुलियत पाए तर वास्तविक किसानले पाइरहेका छैनन्”, उहाँले भन्नुभयो, “कागजी प्रक्रिया सबै मिलाउने तर फिल्डमा हेर्दा तोकिएको मापदण्ड पूरा नगर्नेले पनि सहुलयित पाइरहेका छन् ।” कतिपय कार्यक्रममा दोहोरोपना देखिँदा यसको फाइदासमेत टाठाबाँठा किसानले लिइरहेको पनि कृषकको भनाइ थियो । वास्तविक र खासगरी साना किसानमा जागरुकताको कमी हुँदा प...

प्रतिनिधिसभामा सांसदको जिज्ञासा : उत्तरगङ्गा जलाशययुक्त आयोजना

ब्यानर समाचार 2, समाचार
प्रतिनिधिसभाको आजको बैठकमा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । कूल आठ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनका क्रममा छ । सो आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन् । धेरैले सो आयोजनाको पानी हाल उत्तरगङ्गा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन् । त्यस्तै सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । सांसद डिला सङ्ग्रौला पन्तले संसद्को पाँच व...
असोजदेखि लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, कसरी दिइन्छ अंक ?

असोजदेखि लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, कसरी दिइन्छ अंक ?

ब्यानर समाचार 2, समाचार
बागमती प्रदेशले आगामी असोजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ।असोज १ गतेदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्ने तयारी गरिरहेको श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेश हेटौंडाका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए। ‘अहिलेसम्म बागमती प्रदेशका कुनै पनि यातायात कार्यालयमा नयाँ व्यवस्था लागू हुन सकेको छैन। लागू गर्न प्रदेश सरकारले काम गरिरहेको छ,’ उनले भने।यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ। विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो। तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकेका छैनन्। कानुन स्पष्ट नहुँदा लामो समयसम्म अलमल भएको प्रदेश मन्त्रालयहरूले बताएका थिए।पछिल्लो समय भ...
Ncell अब सार्वजनिक कम्पनीमा रूपान्तरण

Ncell अब सार्वजनिक कम्पनीमा रूपान्तरण

ब्यानर समाचार 2, समाचार
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रूपान्तरण भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेल अजियाटा लिमिटेड कम्पनीका रूपमा औपचारिक रूपमा दर्ता भएको कम्पनीले जानकारी दिएको छ। हालसम्म प्राइभेट कम्पनीका रूपमा एनसेल अजियाटा अबदेखि सार्वजनिक कम्पनी भएको हो। सार्वजनिक कम्पनी भएसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ। कम्पनी ऐनमा भएको पछिल्लो व्यवस्थाअनुसार ५ करोड बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था गरेको छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ। सोहीअनुसार एनसेल अजियाटाले २०७५ सालमै पब्लिकमा जानका लागि आवेदन दिएको थियो। यद्यपी कर विवादको कारण देखाउँदै सरकारले उक्त प्रक्रिया रोकिदिएको थियो। लाभकर विवाद साम्य भएसँगै एनसेल सार्वजनिक कम्पनीका रूपमा दर्ता भएको छ। यसका...
तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणको लागि चार अभियान सञ्चालन

तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणको लागि चार अभियान सञ्चालन

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेङ्गुुका बिरामी बढी पाइएको छ । यस्तै, तारकेश्वरले डेङ्गुु नियन्त्रणका लागि जनचेतनासहित माईकिङ गर्नुका साथै सार्वजनिकस्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनतामूलक सामग्री टाँसेको छ । सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा डेङ्गुु नियन्त्रणका लागि जनचेतनासहित सरसफाइ कार्यक्रम सञ्चालन, ...
चिनियाँ नेता ली स्वदेश फर्किँदै

चिनियाँ नेता ली स्वदेश फर्किँदै

ब्यानर समाचार 2, समाचार
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गर्नुभयो । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो । उहाँ सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको थियो । चार दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय विभिन्न भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विवि...
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

ब्यानर समाचार 2, समाचार
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिन...
फुलकोर्टको निर्णय : ‘सर्वोच्चका न्यायाधीश सिफारिस समितिमा जान मिल्दैन’

फुलकोर्टको निर्णय : ‘सर्वोच्चका न्यायाधीश सिफारिस समितिमा जान मिल्दैन’

ब्यानर समाचार 2, समाचार
सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको आज बसेको फुलकोर्टले नेपालको संविधान र स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जानु उपयुक्त नभएको निर्णय गरेको सर्वोच्च अदालतका कामु रजिष्ट्रार नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो । महाभियोग सिफारिस समितिले अनुसन्धानका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका न्यायाधीश, वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई बयानमा बिहीबार बिहान ८ः३० बजे बोलाउने आजै निर्णय गरेको थियो । बहालवाला न्यायाधीशलाई समितिले बोलाउने निर्णयको पत्र सर्वोच्च अदालतमा प्राप्त भएपछि फुलकोर्ट बैठक बसेको थियो । फुलकोर्टको निर्णयमा भनिएको छ, “महाभियोगसम्बन्धी कारबाही प्रक्रियाका...