Thursday, April 18
Shadow

प्रधानन्यायाधीश राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद


  • -इ
  • इ+

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद भएको छ।

महाअभियोग सिफारिस समितिले अहिले महाअभियोगको प्रतिवेदनमा छलफल गरिरहेको छ।

गठबन्धनका सासंदहरूले महाअभियोग लगाउने आधारहरू रहेको भन्दै प्रतिवेदन दिन प्रस्‍ताव गरेको छ भने एमालेले भने चोलेन्द्र शम्सेरमाथि छानविन गर्न बाँकी नै रहेको समय अभाव भएको भनिरहेको छ।

चोलेन्द्रशमशेरबारे एउटै प्रतिवेदन बनाउन सत्ता गठबन्धनले एमालेका सांसदहरूलाई प्रस्ताव गरेको नेपाली कांग्रेसका सासंद मीनबहादुर विश्वकर्माले जानकारी दिए।

‘हामीले एउटै प्रतिवेदन दिऊ भन्यौं तर उहाँहरूले भने अझै छानबिन गर्न बाँकी छ। समय अभाव भयो भनिरहनु भएको छ,’ उनले भने।

समितिमा सत्ता गठबन्धनका सांसदकै बहुमत छ। त्यसैले उनीहरूकै प्रतिवेदन पास हुने भयो भने एमालेले नोटअफ डिसेन्ट लेख्ने एमालेकै एक सांसदले बताए।

‘चोलेन्द्रशमशेरलाई महाअभियोग लगाउने चाहिने आवश्यक प्रमाण कागज फैसलालगायतका डकुमेन्ट आएकै छैनन्। तीमाथि छलफल गरेर बल्ल एउटा निष्कर्षमा पुर्‍याउन सकिन्छ। त्यसैले अहिलेसम्म यति कागजात आए यस्तो बयान आयो भनौं थप अनुसन्धान गर्न आवश्यक छ तर समय भएन भनौं भन्ने हाम्रो मत हो,’ ती सांसदले भने।

समितिले प्रतिवेदन तयार गरी आज नै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउन लागेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares