Wednesday, April 24
Shadow

भृकुटीमण्डपमा तीन दिने ‘दशैँ कार मेला’ आयोजना हुँदै, खरिदबिक्री सँगै एक्सचेञ्ज अफर


  • -इ
  • इ+
काठमाडौँ – दशैँलाई लक्षित गरेर यही असोजको १२ गतेदेखि १४ गतेसम्म  ‘क्यास अन ह्विल’ द्वारा भृकुटीमण्डपमा ‘दशैँ कार मेला’ आयोजना हुने भएको छ । नयाँ र पुराना गाडी खरिद बिक्री गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो ।
आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीले ‘अटो एक्स्पो’ मा नयाँ सवारी किनबेचसँगै एक्सचेञ्ज अफर समेत राखिएको बताउनुभयो। उहाँले मेलामा २०० भन्दा बढी प्रयोग गरिएका सवारी साधन समेत बिक्रीका लागि राखिने र नयाँ सवारी समेत राखिने जानकारी  दिनुभयो।
बिहान १० बजेदेखि ६ बजेसम्म चल्ने मेलामा ५० हजारभन्दा धेरैले भ्रमण गर्ने बताइएको छ । बजारमा तरलता अभाव र सरकारको प्रतिबन्धका कारणले नयाँ सवारी उपलब्ध नहुँदा ‘सेकेन्ड ह्यान्ड’ सवारी बिक्रीका लागि मेला आयोजना गर्न लागिएको  आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीको भनाइ छ ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares