Sunday, May 5
Shadow

Month: November 2021

नेपाली कांग्रेस बेल्कोटगढी ३ कार्य समितिले गर्यो आगलागी भएकोलाई आर्थिक सहयोग

नेपाली कांग्रेस बेल्कोटगढी ३ कार्य समितिले गर्यो आगलागी भएकोलाई आर्थिक सहयोग

आर्थिक, समाचार, समाज
कार्तिक २५,काठमाडौं लक्ष्मण श्रेष्ठ २०७८ असोज २२ गते नुवाकोट बेलकोटगढी नगर पालिका वडा नम्बर ३ स्थित एक्ले भन्ज्याङ का स्थानिय अर्जुन सापकोटाको सापकोटा किराना स्टोर मा विद्युत सर्टका कारण आगलागी भएको थियो । आगलागी हुँदा लगभग दश लाख को क्षति भएको अनुमानित गरिएको छ ।। एक महिना को अन्तरालमा पनि कसैले सहयोग नगरेको अवस्थामा नेपाली कांग्रेस बेल्कोटगढी वडा नम्बर ३ को कार्य समिति को पहलमा पिडित परिवारलार्इ नगद रु ९८ हजार हस्तानतरण गरिएको छ । उमेश अधिकारी रु.१५,००० ,पूर्ण प्रसाद गजुरेल रु.१०,००० ,माधव अधिकारी रु.१०,०००,वैकुण्ठ अधिकारी रु.१०,०००, भूविन्द्र बहादुर बानियाँ रु.१०,०००, उपेन्द्र तिमल्सिना रु.१०,००० , रपेश पुडासैनी रु.१०,००० ,माधव वजगाई रु.२,०००, रामेश्वर पुडासैनी रु.१०,००० , रामचन्द्र तिमल्सिना रु.५,००० , राजेन्द्र जमकटेल रु.२,०००,दिपक न्यौपाने रु.१,००० ,शोभित सुवेदि रु.१,००...
धादिङ प्रदेश सभा २(क)बाट प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) शाहको उम्मेदवारी घोषणा

धादिङ प्रदेश सभा २(क)बाट प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) शाहको उम्मेदवारी घोषणा

राजनिती, समाचार, स्थानिय तह
काठमाडौं, कार्तिक २३ लक्ष्मण श्रेष्ठ नेपाल विद्यार्थी संघमा सक्रिय रुपमा राजनीति गर्दै आएको विद्यार्थी नेता प्रदीप जंग शाहले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २९(क)बाट प्रदेश प्रतिनिधि ९खुल्ला तर्फ० को उम्मेदवारी घोषणा गरेका छन् । धादिङ, जिल्ला ज्वालामुखी गाउँपालिका वडा नं। १ मैदी , रातमाटा निवासी हुन् । नेपाल विद्यार्थी संघ धादिङ ( काठमाडौ सम्पर्क समितिका सदस्य समेत रहेका शाह धादिङ देखि काठमाडौ सम्म पढ्न आएका विद्यार्थीहरू बिच लोकप्रिय रहेका छन्। उनेले ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्दै विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका हुन् । नेता शाह नेपाल विद्यार्थी संघ ग्रामीण क्याम्पसका चर्चित तथा जुजारु नेता हुन् । नेता शाह नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब(शहरी बिकास मन्त्री अर्जुन नरसिंह के।सि र केन्द्रिय सदस्य प्र...
राप्रपा चन्द्रागिरिनगरको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

राप्रपा चन्द्रागिरिनगरको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक १७ राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिकाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शुभ दिपावली, नेपाल संवत ११४२, छठ पर्व लगाएत नेपाली चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम क्षेत्र नं ९ प्रदेश ख, क्षेत्र नं १० प्रदेश ख र चन्द्रागिरि नगरपालिका कमिटिको संयुक्त आयोजनामा आज (बुधवार) उक्त कार्यक्रम सम्पन्न भएको हो । लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन...
राप्रपा चन्द्रागिरिमा युवा आर्कषण बढ्दो

राप्रपा चन्द्रागिरिमा युवा आर्कषण बढ्दो

मुख्य समाचार, राजनिती, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक १६ राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरमा युवाहरुको पार्टीमा आर्कषण बढ्दै गएको छ । सोमबार चन्द्रागिरि वडा नं १५ कमिटिले आयोजना गरेको शुभ दिपावली, नेपाल संवत ११४२, छठ पर्व लगाएत नेपाली चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा युवाहरुको उल्लेख्य उपस्थीति रहेको थियो । लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन् । सोहि अभियानबाट अभिप्ररित भई युवाहरु एक भई चन्द्रागिरिमा राप्रपालाई बल...
सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

आर्थिक, टिप्स, ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक १६ सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ बाडँफाड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यलयमा आज बिहान ८ः३० बजे शेयर बाडँफाडँ भएको हो । सर्वसाधारणका लागि छुट्याइएको ६ लाख ७८ हजार ९ सय कित्ता शेयर ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन् । आवेदन दिएका २१ लाख बढीको हात खाली भएको छ । कम्पनीले कात्तिक ४ गते बिहिबारदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो । कम्पनीको आईपीओ बाँढफाँढ सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको वेबसाइट http://samling-power-company-ipo-result-published-today-iporesult-cdsc-com-np-ipo-result/बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ...