Thursday, April 23
Shadow

Month: November 2021

गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, मसिंर १४ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र गायक तथा सर्जक युनिक भोजराज बि.क. को शब्द र संगीतमा “लैजा दैव मलाई” को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । “लैजा दैव मलाई” गीतमा लोक प्रिय गायक शनी बिश्वोकर्मा र सुनिता बुढा क्षेत्री को सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी र विजय पुन,उत्तम कुमार कार्की र कृष्ण को अ...
फेरिदै ,चिनिदै चिम्टेश्वर : ट्रेकिङ र क्याम्पिङ्ग  गर्न सकिने ,साथै मनोरम हिमालय दृश्य (फोटो फिचर)

फेरिदै ,चिनिदै चिम्टेश्वर : ट्रेकिङ र क्याम्पिङ्ग गर्न सकिने ,साथै मनोरम हिमालय दृश्य (फोटो फिचर)

समाचार, समाज, स्थानिय तह
दिपक न्यौपाने, नुवाकोट ‌ पछिल्लो समय मानिसहरु विशेषगरी घुम्नको लागि बढी रुचाउने गरेका छन् । नुवाकोट जिल्लामा येस्तो ठाउँ छ जहाँ पृथ्वीनारायण साहले राज्य एकीकरण गर्दा नुवाकोट हमला गर्नको लागि त्यस् ठाउँबाट सुरु गरेर नुवाकोट बिजय गरेका थिए । नुवाकोट बिजय गर्न पृथ्वीनारायण शाहले भाकल गरेका स्थान र भगवान श्रीमहादेवले सत्तिदेबिको प्राण त्याग भएपछि पृथ्वी भ्रमण गर्नी क्रममा सान्त वातावरणमा ध्यान गर्न गोसाइँकुण्ड जाने बेलामा यस ठाउँमा केहि बेरको विश्राम गरिसकेपछि आफुले साथमा लिगेको चिम्टा बिर्सेका कारण यस ठाउँको नाम चिम्टेश्वर रहन गएको हो भन्ने जनबिश्वास रहि आएको छ। यहाँ मनले आटेका कुरा भाकल गरेमा पूरा हुने बिश्वाग गर्नी गरेका छन् ।यस क्षेत्रबाट लाङटाङ ,गणेश,जुगल ,मानापाथी हिमाल तथा तिब्बतको केरुङ्ग लगायत नेपालका १५ जिल्ला अबलोकन गर्न सकिन्छ। जिल्लाकै चर्चित ऐतिहासिक स्थान बेल्कोटगढी पर्...
कांग्रेसको सहमहामन्त्रीमा युवा नेता पाण्डेको उम्मेदवारी

कांग्रेसको सहमहामन्त्रीमा युवा नेता पाण्डेको उम्मेदवारी

Uncategorized
          काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा युवा नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेले १४ औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदमा उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले आफू सहमहामन्त्री बनेपछि केन्द्रीय समितिलाई साथमा लिएर चार ‘ब’को माध्यमबाट पद्धतिप्रधान पार्टी बनाउने दाबी गर्नुभयो ।संगठन सुदृढीकरणका लागि गर्न चार ‘ब’ को अवधारणा अथ्र्याउँदै पाण्डेले भन्नुभयो, ‘पहिलो ‘ब’ भनेको बिचार हो । दोस्रो ‘ब’ बिधानको अक्षरशः पालना, तेस्रो ‘ब’ नियमित बैठक र चौथो ‘ब’ भनेको व्यवस्थापन हो । व्यवस्थापनमा भ्रातृ संगठनदेखि पार्टी संगठन, कार्यकर्ता, कार्यालय र अर्थ व्यवस्थापन हो ।’ पार्टीहरु नसुधिँदासम्म देश नसुध्रिने भन्दै उहाँले नेतृत्व र पार्टी सुधारको अभियान नै चलाइने बताउन...
यस्तो देखियो एमालेको महाधिवेशन

यस्तो देखियो एमालेको महाधिवेशन

राजनिती, समाचार
काठमाडौं, मसिंर १० नेकपा (एमाले) को दशौं महाधिवेशन सुरु भएको छ । शुक्रबार देखिदेवघाटमा सुरु भएको दशौं महाधिवेशन यस्तो देखियो फोटो फिचर:
जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, मंसिर ९ पत्रकार राजेन्द्र गजुरेलले आफ्नो जन्म दिनको अवसरमा विदुर नगरपालिका वडा नं ५ मा नियमित औषधि सेवन गर्ने दीर्घरोगीलाई एक महिनाको लागि आवश्यक औषधि वितरण गरेका छन् । लकडाउनको समयमा आर्थिक स्थीति कमजोर भएका अशक्त वर्गलाई लक्षित गर्दै वडा कार्यालयले शहरी स्वास्थ्य केन्द्र माझिटार मार्फत वडा भित्र रहेका १५ जना मध्ये हाल ९ जनाले निःशुल्क औषधि सेवा लिदै आएका छन् । पत्रकार गजुरेलले आज वडा कार्यालयमा ४ जनालाई एक महिना सम्म पुग्ने औषधि हस्तान्तरण गरेका हुन् । बाकिँ ५ जनालाई आईतबार स्वर्गिय बासु बस्नेतको सम्झनामा अन्य साथिहरुको उपस्थीतिमा हस्तान्तरण गरिने उनले बताए । आफ्नो भनाई राख्दै गजुरेलले आफ्नो वडामा मात्र नभई अन्य ठाउँमा पनि सामाजिक कार्य गर्दै आएको र आवश्यकता अनुसार आफूले सकेको सहयोग आगामी दिनहरुमा पनि गर्दै जाने उनले बताए । साथै वडाध्यक्ष शिवकुमार चित्रकारले जन्...
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ बेलकोट गढी वडा नं ९ का कोइराला द्वारा जिल्ला सदस्य मा उमेद्वारी को घोषणा

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ बेलकोट गढी वडा नं ९ का कोइराला द्वारा जिल्ला सदस्य मा उमेद्वारी को घोषणा

समाचार, स्थानिय तह
मंसिर ९, काठमाडौं नेपाली कांग्रेस नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालिका का एक उदयमान युवा नेता तथा समाजसेवी नवराज कोइराला द्वारा नुवाकोट क्षेत्र नं २ बाट जिल्ला सदस्य पदमा उमेद्धवारी को घोषणा गरेका छन् । लामो समय देखि नेपाली कांग्रेस को एक कर्मठ सिपाहि को भुमिका निर्वाह गर्दै आएका र गाउँ स्थानिय स्तर देखि केन्द्र सम्म कांग्रेस को सरकार हुनु पर्छ र कांग्रेस एउटा त्यस्तो लोकतान्त्रिक पार्टी हो । जसको मुलमन्त्र राष्ट्रिता समाजवाद र लोकतान्त्र छ । यो पार्टिमा कुनै गुटउपगुट हुदैन भन्ने धारणाका साथ अगाडि बद्नु पर्ने बताएका छ्न् ।...
सङघीय क्षेत्रको अधिवेशनमा घलेको महाधिवेशन पदमा उम्मेदवारी

सङघीय क्षेत्रको अधिवेशनमा घलेको महाधिवेशन पदमा उम्मेदवारी

राजनिती, शिक्षा, समाचार
  मङसिर ४ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धादिङ क्षेत्र न. २ बाट डेभिड घलेको सङघीय क्षेत्रको अधिवेशनमा महाधिवेशन प्रतिनिधि (अल्पसङख्यक तर्फ) पदको उम्मेदवारी दिएका  छन् । महाधिवेशनलाई अझ प्रभावकारी रुपमा सफल पार्नका लागि नेपाली कांग्रेश पार्टी लाई माया गर्ने सम्पूणलाई सहयोग गर्नका लागि घलेले आह्वान गरेका छन् । घले सक्रिय रुपमा विद्यार्थी राजनितिमा लाग्दै आएका सहनशिलता भएको व्यक्ति हुन । युवाहरुको नेतृत्व अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । विद्यार्थी राजनिति गर्दै आएका उनि शिक्षा क्षेत्रमा आएका विकृति,विशङगतिको न्युनिकरण गर्न अझै आवश्यक रहेको बताउदै आएका छन् । नेपाल विद्यार्थी संघ धादिङका पूर्व सचिव समेत रहेका घले युवाहरुमा चिरपरिचित, लगनशिल, मिहिनेती, अध्ययनशील, कर्तव्यनिष्ठ, सहयोगि र मिलनसार भावना भएका छन् ।  ...
वकिल र प्रधानन्यायाधीशका समर्थक भनिनेहरूबीच बार परिसरमै भिडन्त

वकिल र प्रधानन्यायाधीशका समर्थक भनिनेहरूबीच बार परिसरमै भिडन्त

समाचार
२ मंसिर, काठमाण्डौं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रधानन्यायाधीशविरुद्ध आन्दोलन बन्द गर्ने चेतावनी दिँदै बार परिसरमा प्रवेश गरेकाहरूबीच भडप भएको छ। प्रहरी पुगेर स्थितिलाई नियन्त्रणबाहिर जानबाट रोकेको थियो। प्रहरीले कानुन व्यवसायीसँग भिड्न खोज्ने तीनजनालाई नियन्त्रणमा लिएको छ। वकिलहरूका विरुद्ध अपशब्द बोल्दै बार परिसरमा पुगेकाहरू ले प्रधानन्यायाधीशविरुद्धको आन्दोलन नरोके ‘कालो कोट च्यातिदिने’ धम्की दिएका थिए। त्यसपछि कानुन व्यसायीहरू उनीहरूमाथि आक्रोशित भएका थिए। वकिलहरूलाई धम्क्याएपछि पक्राउ गरेको तीनजनाको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।।...
राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

टिप्स, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २ राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । ११-१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।...
एमसीसी अनुमोदन गर्न व्यवसायी सङ्गठनको माग

एमसीसी अनुमोदन गर्न व्यवसायी सङ्गठनको माग

समाचार
काठमाण्डौं, कार्तिक २९ उद्योगी–व्यवसायीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट जतिसक्दो छिटो अनुमोदन गर्दै कार्यान्वयनमा लैजान सरकारसमक्ष आग्रह गरेका छन् । एक महीनाकै बीचमा निजी व्यवसायीहरूका विभिन्न सङ्गठनले संयुक्त रूपमा सरकारलाई दुई वटा ज्ञापनपत्र बुझाइसकेका छन् राष्ट्रिय हितलाई ध्यानमा राख्न अनुरोध गर्दै उनीहरूले एमसीसी सम्झौता कार्यान्वयनमा आउन सकेमा महामारीबाट समस्यामा परेको नेपाली अर्थतन्त्रलाई राहत पुग्ने दाबीसमेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दै नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल अमेरिका उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघका प्रतिनिधिहरूले ज्ञापनपत्रसमेत बुझाएका छन् । एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माण हुन नसके नेपालले प्रतिवर्ष ...