Friday, March 29
Shadow

Month: May 2021

स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र

स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, जेठ १५ यतिबेला विश्वसमुदायमा फैलीएको कोरोना भाईरसले सहरमा मात्रै नभएर गाउ गाउमा समेत मान्छेमा त्रास सृजना गरेको छ । दिनप्रतिदिन संक्रमितको संख्या थपिदै जाने र उपचारमा विभिन्न स्वास्थ्य सामाग्री अभाव हुन थाले संगै सबै स्थानीयतह हरुले यतिबेला आ आफ्नो ठाँउबाट सहयोग अपील गरिरहेका छन , यसै अन्तर्गत पश्चिम बाग्लुङको तमानखोला गा.पा.मा पछिल्लो केहि हप्ता यता निरन्तर रुपमा संक्रमण बढेपछि स्थानीयमा त्रास सृजना भएको हो , संक्रमण दर बढे संगै उपचारमा समस्या आउने देखिएकाले गा.पा.ले सहयोग अपील समेत गरेको छ । बढ्दो समस्यालाई मध्यनजर गर्दै तमानखोला गा.पा. ५ खुखांनीमा आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न नगद १ लाख आर्थिक सहयोग गर्ने तुलेन्द्र सुन्चौरी र उनका दम्पतीलाई वडाले धन्यवाद ज्ञापन गरेको छ । महामारीको बेला स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आपतकालीन समयमा आर्थिक ...
कोरोना महामारी र स्थानीय नर्सहरुको कथा : मायाको दैनिकी

कोरोना महामारी र स्थानीय नर्सहरुको कथा : मायाको दैनिकी

जिवनसैली, विचार, समाज, स्वास्थ्य
एउटा समय थियो एस.एल.सी.पश्चात के विषय लिएर पढ्ने < कुन क्षेत्र संग सम्बन्धित विषय पढ्ने भन्ने त्यो समय कसैले स्वास्थ्य संग निकट विषय नर्स,अहेव,अनमी पढ्ने ईक्षा राख्यो भने मात्रै पनी सुन्नेहरु नाक खुँम्च्याउथे निधारमा मुजा पार्थे अर्थात नर्स पेशालार्ई समाजमा हेर्ने दृष्टिकोण सकरात्मक भैसकेको थिएन । मान्छेहरु गाँउघरकै लवजमा भन्थे डाउटर भएर कति कमाई हुन्छ र यत्रो दुख गरि पढ्नु । नर्सहरु उत्पादनमा निकै ह्रास आएको थियो, कोहि पढिहाले पनि बिचमै अलमलिन्थे त्यहि देखेर पनी प्राय अभिभावक आफ्नो सन्तानलाई यो क्षेत्र रोज्न दिदैन थिए । नेपालमा करिब ९५ हजार भन्दा माथी नर्स छन् । सरकारी र निजी क्षेत्रबाट गरी प्रत्येक वर्ष करिब पाँच हजार जना नर्स उत्पादन हुन्छन् । यी मध्ये अधिकांशले जागिर पाउँदैनन् । अस्पतालहरुले पनि धेरै अनुभवी र क्षमतावान नर्सहरु खोज्छन् । नयाँ एवं अनुभव नभएका नर्सहरु घरमै बस्न बाध्...
विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

आर्थिक, ब्यानर समाचार, शिक्षा, समाचार
काठमाण्डौँ, जेठ १५ सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुर्‍याउन विद्यार्थीलाई ल्यापटप खरीदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सार्वजनिक विद्यालय तथा क्याम्पसको माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि एउटा ल्यापटप खरीद गर्न रु.८० हजारसम्म ऋण दिने बताएका हुन्। यस्तो ऋणको ब्याजदर १ प्रतिशत मात्रै हुनेछ भने कर्जाको अवधि दुई वर्ष हुनेछ।...
बृद्धभत्ता ४ हजार पुग्यो

बृद्धभत्ता ४ हजार पुग्यो

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, जेठ १५ सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५३ बटै स्थानीय तहलाई क्वारेन्टाइन, आइसोलेसन, होल्डिङ सेन्टर लगायतका लागि बजेट छुट्याएको छ । बजेटले १०० शय्या वढी क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने व्यवस्था गरेको छ । नीजि तथा सामूदायिक अस्पताललाइसमेत बजेटले अक्सिजन प्लान्टका लागि ५० प्रतिशत अनुदान दिने भएको छ ।...
सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

आर्थिक, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् । स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।...
हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

अन्तर्राष्ट्रिय, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि भियतनाममा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको छ। भियतनामका स्वास्थ्य मन्त्री विएन टान लान्गले शनिबार कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको बताएको बीबीसीले जनाएको छ। यो नयाँ भेरियन्ट भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दो जुल्दो रुप भएको र हावाको माध्यमबाट पहिलाका भेरियन्ट भन्दा तिब्र गतिमा फैलने बताइएको छ। भियतनाम ति केही देशमा पर्छ जो गत वर्ष कोरोना भाइरसलाई फैलनबाट रोक्न सफल भएको थियो तर अहिले त्यहाँ कोरोना महामारी तिब्र गतिमा फैलिरहेको छ र स्थितिलाई नियन्त्रणमा लिन सरकारलाई निकै मेहनत गर्नु परिरहेको छ।...
निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ १५ मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरि...
राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले गरेका ७२ बुँदे सम्बोधनमा के छ ? (पूर्णपाठ)

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले गरेका ७२ बुँदे सम्बोधनमा के छ ? (पूर्णपाठ)

ब्यानर समाचार, राजनिती, समाचार
१४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन आग्रह गरेको थिएँ। २. त्यस यताका पच्चीस दिन हाम्रा लागि निकै कष्‍टकर रहे। यस अवधिमा थप दुई लाख व्यक्ति सङ्क्रमित हुनुभयो। तीन हजारभन्दा बढीले ज्यान गुमाउनु भयो। अक्सिजन र शय्या व्यवस्थापनका लागि यो समय निकै चुनौतीपूर्ण रह्‍यो। लिक्विड अक्सिजन आयातमा समस्या पैदा भयो। अक्सिजन सिलिण्डरको अभाव खट्कियो। ३. समाधानका लागि हामीले सम्पूर्ण शक्ति केन्द्रित गर्‍यौं। त्यसले गर्दा अहिले स्थितिमा सुधार आएको छ। भारतबाट लिक्विड ...
काँग्रेस नेता शेरचनको सक्रियतामा चार लाख मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण

काँग्रेस नेता शेरचनको सक्रियतामा चार लाख मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, जेठ १२ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका निम्ती करिब चारलाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । कोभिड १९ रोकथाम र व्यवस्थापनका निम्ती नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोग तथा नेपाली काँग्रेसका नेता जित शेरचन र काठमान्डौमा वस्दै आउनुु भएका समाजसेवी विपिन मल्लको सक्रियतामा खरिद गरीएको स्वास्थ्य सामाग्रि नगरप्रमुख देवकुमार नेपाली र स्वास्थ्य कर्मिको रहोभरमा नेता जित शेरचनले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोभिड १९ व्यवस्थापनमा तत्काल आवस्यक पर्ने अक्सिजन कन्सन्टेटर मेशिन ३ थान, अक्सिमिटर २५ पिस, माक्स चार हजार पिस, सेनिटाईजर २० लिटर, सिटामोट ८ सय स्टिक र आइसोलेशनका निम्ती १५ थान तन्दा गरी करिब चारलाख रुपैयाँको स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको शेरचनले बताउनु भयो । अझैपनी स्...
कोरोना महामारीमा २३ जनाले गरे रक्तदान

कोरोना महामारीमा २३ जनाले गरे रक्तदान

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
रामेश्वर गजुरेल/नुवाकोट, जेठ १२ विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ ब्लड अन रिकोएस्ट इन नुवाकोटले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । ”रक्तदान जिवनदान ” भन्ने उदेश्यका साथ नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था ब्लड अन रिकोएस्ट इन नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ । नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्...