Monday, April 29
Shadow

Month: May 2021

नुवाकोटमा जेठ ३ गते सम्म निषेधाज्ञा जारी

नुवाकोटमा जेठ ३ गते सम्म निषेधाज्ञा जारी

ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २६ दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा हाल सम्म सक्रिय संक्रमित ५०७ र २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
आयोजनाको नाममा नदि दोहन

आयोजनाको नाममा नदि दोहन

अपराध, आर्थिक, ब्यानर समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २५ नुवाकोटको बेलकोटगढि नगरपालिकामा निर्माणाधिन लोक संचार मार्ग (जिलिङ सिमखेत केउरेनी कुमरी झ्याङ्ली पोखरी धार्के सडक खण्ड) निर्माण आयोजनाको नाममा तादी नदि दोहोन सुरु भएको छ । स्वच्छन्द/वल्डवाइड/अमृत जे.भी. बालाजु १६ काठमाण्डौँले निर्माण जिम्मा पाएको उक्त सडक आयोजनाको लागि नगरपालिकाको २०७७ चैत्र २ गतेको निर्णय अनुसार सोहि नगरपालिकाको वडा नं १२ को घोडघाड क्षेत्रबाट आवश्यक नदीजन्य पदार्थ उत्खनन अनुमति दिएको छ । तर आयोजनाको नाम लिर्दैँ शुक्रवार तादी नदीको बिचमा नै मेसिन चलाएर नदीजन्य पदार्थ उत्खनन गरिएको हो । आयोजनाले वातावरणीय प्रभावलाई समेत ख्याल नगरी नदी किनारामा नै क्रसर संचालन गरिरहेको छ । क्रसर संचालनको लागि नदी,पुल,सामुदायिक वन, विद्यालय, समुदायबाट ३ सय देखि ५ सय मिटरको दुरिमा हुन आवश्यक रहेको छ । तर त्यहाँ त्यस किसिमको कुनै पनि मापदण्ड पुरा भएको पाईदैँन । नगर...
२४ घण्टामा ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार नजिक

२४ घण्टामा ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार नजिक

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २१ मंगलबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। १६ हजार १३१ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५८७ जनामा र ५७१ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५५ जनाको मृत्यु भएको छ । थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ४१७ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म २५३ जना क्वारेन्...
बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २१ बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चालकसहित ५ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) योगेन्द्रसिंह थापाले बताए । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी छन् । जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको पनि मृत्यु भएको छ । चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।...
काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २१ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्ण रुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ । पराजुलीका अनुसार बैंक तथा वित्ति...