Tuesday, April 23
Shadow

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना


  • -इ
  • इ+

काठमाडौं , फागुन १७ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ ।महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो ।

महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares