काठमाडौँ, फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् ।
भारतमा दोस्रो चरणको खोप अभियान सुरू भएकै दिन प्रधानमन्त्री मोदीले पनि आज खोप लगाएको बीबीसी हिन्दीले जनाएको छ ।
मोदीले भारतमै बनेको खोप लगाएको तस्वीर ट्वीटरमा सार्वजनिक गर्दै भनेका छन्,’यो उल्लेखनीय छ कि हाम्रा डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँ जित्नका लागि तीव्र गतिमा काम गरेका छन् ।’
मोदीले भारतमा खोप अभियान थालेदेखि आम सर्वसाधारणलाई खोप लगाउन आह्वान गर्दै आएका छन् ।