Thursday, March 28
Shadow

अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ: प्रवक्ता गुरुङ


  • -इ
  • इ+

काठमाडौं , फागुन १७ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने दाबि गरेका छन् ।

सञ्चार मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिनबाट रोकेको दाबी गरेका हुन्।

उनले सर्वोच्च अदालतले बहुमतप्राप्त संसदीय दलको प्रधानमन्त्रीले राज्य सञ्‍चालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला गरेको जिकिर गर्दै यस्तो दाबी गरेका छन् ।

उनले भने, ुनिर्वाचनको माध्यमबाट बहुमत पाएको र त्यसको संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्‍चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन । अदालतले नै राजीनामा दिनबाट रोकेकाले प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन ।’

नैतिकताको आधारमा राजीनामा माग्ने प्रचण्ड-नेपाल पक्षका नेताहरूको नैतिक धरातल नरहेको भन्दै गुरुङले उनीहरूले चाहिँ राजनीतिबाट सन्यास लिनु उपयुक्त हुने टिप्पणी गरे ।

उनले भने, ‘अहिले जसले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भनिरहेका छन् । यस्तै किसिमको विषय उठाउने हो भने उहाँहरुले राजनीतिबाटै सन्यास लिएको राम्रो हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई नैतिकताको पाठ सिकाउनेहरुले आफू कुन राजनीतिक धरातलमा उभिएको छु भनेर विचार गर्न आवश्यक रहेको उनले बताए ।

सर्वोच्चको फैसलाअनुसार पनि प्रधानमन्त्री ओलीले अहिले राजीनामा नगर्ने उनको भनाइ छ । संसद बैठक आव्हान भइसकेकाले प्रधानमन्त्री ओलीले त्यसैअनुसार संसदीय व्यवस्थामा रहेर आगामी दिनमा फैसाला गर्ने उनले बताए ।

यस्तै, मन्त्री गुरुङले विप्लव नेतृत्वको नेकपा मूलधारको राजनीतिमा आउने प्रक्रियामा रहेको र सरकारसँगको वार्ता नजिक पुगेको बताएका छन् ।

गुरुङले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा रहेको बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares