Sunday, May 19
Shadow

Month: March 2021

पहाडी भेगमा आंशिक बदली, तीन दिनको मौसम यस्तो छ

पहाडी भेगमा आंशिक बदली, तीन दिनको मौसम यस्तो छ

ब्यानर समाचार, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागनु १८ । आज र भोलि मुलुकभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्चपहाडी तथा हिमाली भू(भागहरुमा अहिले आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार भने पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन १८ गते (मंगलबार) दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । राति :  प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। फागुन १९ गते (बुधबार) दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । राति :  ...
तपाईको आजको दिन कस्तो रहनेछ ?

तपाईको आजको दिन कस्तो रहनेछ ?

मुख्य समाचार, समाचार, समाज
मेष आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाईनेछ । बृष महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । मिथुन नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ । कर्कट पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ । सिंह मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्न...
पूर्वराष्ट्रपतिलाई तीन बर्षको जेल सजाय

पूर्वराष्ट्रपतिलाई तीन बर्षको जेल सजाय

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , फागुन १७ । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्ट्राचार मुद्दामा तीन बर्षको जेल सजाय भएको छ । ६६ बर्षिय पूर्व राष्ट्रपति सार्कोजीले आफ्नै पार्टीको अपराधिक मामिलामा सूचना पाउन एक न्यायाधीशलाई किन्न खोजेको आरोपमा अदालयले सजाय सुनाएको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् । यस मुद्दामा सार्कोजीका दुई पूर्व वकिललाई पनि तीन बर्षको जेल सजाय सुनाइएको छ । अदालतले पूर्वराष्ट्रपति सार्कोजीले घरमै सजाय काट्न सक्ने छुट दिएको छ । उनलाई इलेक्ट्रोनिक ट्यागबाट मनिटर गर्नेगरि घरमै सजाय काट्न अनुमति दिइएको छ । सार्कोजी २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति बनेका थिए । सार्कोजीले अर्को मुद्दामा अपनी कानुनी लडाई लडिरहेका छन् ।...
कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। धनगढीबाट महेन्द्रनगरतर्फ छुटेको ना४ख १६६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका १४ का २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २ वाणीका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको बताए।- ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए।  ...
चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने

चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने भएको छ । यसअघि उत्तरी छिमेकी चीनले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेकोमा अहिले पुनः ८ लाख थप गरेको हो । नेपाललाई दक्षिणी छिमेकी भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। भारतबाट थप २० लाख डोज खोप खरिद गरेर ल्याइसकिएको छ। नेपाललाई बेलायतले पनि २० लाख डोज खोप दिने घोषणा गरिसकेको छ। अब नेपालमा दोस्रो चरणको खोप अभियान सुरु हुँदै छ । जसमा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइँदै छ । पहिलोपटक भारतबाट आएको १० लाख डोज खोप स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनमा खटिनेहरू र पत्रकारलाई लगाइएको थियो ।...
बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो , आतंंक बढ्न थालेपछि स्थानीय त्रसित

बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो , आतंंक बढ्न थालेपछि स्थानीय त्रसित

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु १७ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बाघको आक्रमणबाट एक जनाएको ज्यान गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट सोमबार ज्यान गएको हो। निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झम्टेर लगेका थारुको शव करिव ६ सय मिटर पर क्षतविक्षत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोली र बन्जरीया सैनिक पोष्टबाट खटिएको सुरक्षाकर्मीको टोलीले थारुको शव फेला पारेको हो । गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीको एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो। बाघको आतंंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन्।बर्दियाको खाता करिडोर र गेरुवा गा...
खैरो हिरोइनसहित ३ भारतीय पक्राउ

खैरो हिरोइनसहित ३ भारतीय पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
महेन्द्रनगर, फागुन १७ । कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका तीन युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले लामो समयदेखि नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका भारत सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार ९डाक्टर नामले परिचित० लाई पक्राउ गरिएको बताए । उनले धर्मेन्द्रसँगै प्रहरीले भारतीय युवक २५ वर्षीय शुभ्म भसिंन र ३० वर्षीय नितिन कुमारलाई नियन्त्रणमा लिएको बताए । प्रहरीले उनीहरुको साथबाट झण्डै १० ग्राम खैरो हिरोइन र रु ४२ हजार ४०० नगदसमेत बरामद गरेको छ । “डाक्टर नामले चिनिने धर्मेन्द...
सेनिटाइजर सेवन गर्दा विराटनगरमा एकै दिन दुई जनाको मृत्यु

सेनिटाइजर सेवन गर्दा विराटनगरमा एकै दिन दुई जनाको मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागनु १७ । सेनिटाइजर पिएका विराटनगरमा एकै दिन दुई जनाको ज्यान गएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् । यस्तै झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको सेनिटाइजर पिएका कारण मृत्यु भएको छ । प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् । पारिवारिक विवादपछि मण्डलले पनि शनिबार नै सेनिटाइजर ...
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश

ब्यानर समाचार, समाज, स्वास्थ्य
काठमाडौं, फागुन १७। मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । बिहीबार राति मस्तिष्काघात भएपछि शुक्रबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका जोशीको सोमबार साँझसम्म होश खुलेको छैन । जोशीका दाजु राजुराज जोशीले उनको अहिलेसम्म होश नखुलेको जानकारी दिए । उनले डाक्टरले स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै दुई–तीन दिनमा होश खुल्ने सम्भावना रहेको बताएको जानकारी दिए । ‘अझै होश आएको छैन, डक्टरहरुले स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनमा होश खुल्न सक्ने सम्भावना रहेको बताउनु भएको छ’, राजुराजले सुनाए । उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा। राजीव झाले जोसीको स्वास्थ्य अवस्था आइतबारजस्तै स्थिर रहेको बताए । मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया ...
कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन: मन्त्री श्रेष्ठ

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन: मन्त्री श्रेष्ठ

मुख्य समाचार, राजनिती
  काठमाडौँ, फागुन १७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उनले कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गरे । वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उनले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिए । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उनले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएको बताए । “नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निक...