Friday, March 29
Shadow

अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड


  • -इ
  • इ+

काठमाडौं , फागुन १७ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक नभएको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताउनुभयो । उहाँले संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदिएकाले निर्वाचन आयोगको हल्लाको सेटिङ पनि भत्किने दाबी गर्नुभयो ।

निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने भन्दै अध्यक्ष दाहालले दुविधामा रहेका नेता कार्यकर्तालाई फर्किन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले आफूहरूलाई सिध्याउने एक मात्र मिसनमा रहेको जिकिर गर्दै अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरुवात हुने बताउनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares