Saturday, September 25
Shadow

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै


  • -इ
  • इ+

काठमाडौं , माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज सोमवार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डले अहिले बिहान १० बजे बैठक बोलाएको छ ।

कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा अन्तत आज प्रकाशित हुने लगभग पक्का भएको हो ।

महामारीका कारण निकै ढिलो गरी सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिए जसरी परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा समयमा नतिजा सार्वजनिक गर्न नसकिएको बोर्डले बताउँदै आएको थियो ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्