Friday, April 19
Shadow

संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनलेआज देशभर प्रदर्शन गर्दै


  • -इ
  • इ+

काठमाडौं , माघ १९ । नेपाली कांग्रेसका १३ भातृ संगठनले आज देशभर प्रदर्शन गर्ने भएका छन् । संसद विघटनविरुद्ध नेपाली कांग्रेसका १३ भातृ संगठन एकजुट भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असम्वैधानिक कदमविरुद्ध आन्दोलित हुनुपरेको उनीहरूले संयुक्त विज्ञप्तिमार्फत जनाएका छन् ।

पार्टीको १३ गते बसेको केन्द्रीय समिति बैठकले १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप उनीहरू आन्दोलित बनेका हुन् ।

देशका विभिन्न स्थानमा हुने सभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।विज्ञप्ति निकाल्दै सोमबारको प्रदर्शनमा सहभागि हुन देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रहसमेत गरेको छ ।

कांग्रेसले यस अघि १६५ वटै निर्वाचन क्षेत्र, ३३० वटै प्रदेश सभा, ७५३ वटै स्थानिय तह र ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गरिसकेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares