Friday, April 19
Shadow

म्यान्मारमा सेनाको कू, सुकीसहित शिर्ष नेताहरु हिरासतमा


  • -इ
  • इ+

काठमाडौँ । म्यान्मारमा सेनाले कू गरेको छ । गत नोभेम्बरमा सम्पन्न निर्वाचनपछि जारी मतभेदका बीच म्यान्मारको सेनाले नेशनल लिग फ्र डेमोक्रेसी पार्टीकी सर्वोच्च नेता आङ सान सुचीसहित वरिष्ठ नेताहरुलाई सेनाले हिरासतमा लिएको पार्टी प्रवक्ताले जानकारी दिएका छन् ।

सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट, अरु नेता, विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि पक्राउ गरिएको छ ।नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको पार्टीले सरकार बनाउन पर्याप्त सिट जितेपनि सेनाले भने चुनावमा धाधली भएको आरोप लगाउदै आएको थियो ।

सोमबार नयाँ निर्वाचत संसदको तल्लो सदनको बैठक बस्नु अघि नै सेनाले सुकी, राष्ट्रपतिसहित शिर्ष नेताहरुलाई हिरासतमा लिएको छ भने संसद बैठक पनि स्थगित गरेको बताइएको छ ।

नेताहरुलाई हिरासतमा लिनु अघि सेनाले राजधानी नेपीटावमा इन्टरनेट सेवा बन्द गरिएको थियो । अहिले राजधानी र अन्य मुख्य शहरमा सडकमा सेना रहेको बिबिसीले उल्लेख गरेको छ ।

नोभेम्बर ८ मा भएको निर्वाचनमा सुकीको पार्टीले ८३ प्रतिशत सिट जितेको थियो ।

म्यान्मारमा २०११ सम्म सेनाले नै शासन गर्दै आएको थियो । त्यसपछि भएको यो दोस्रो निर्वाचन हो । सेनाले निर्वाचनमा धाधली भएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र निर्वाचन आयोगविरुद्ध मुद्धा दायर समेत गरेको थियो । सेनाले धाधलीविरुद्ध एक्सन लिने चेतावनी दिदै आएको थियो ।राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएका छन् । बीबीसी बर्मा सेवाका अनुसार राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् । सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares