Sunday, May 19
Shadow

Month: February 2021

Спикер палаты представителей фандосуг Иллинойса Майкл Мэдиган уходит в отставку

Uncategorized
Судя по выражению «мультфильм», первая проблема, которая приходит в голову, определенно связана с небольшими интересными героями, которых вы обнаруживаете в воронке анимационного сообщества в юности. Взрослые костюмы Ironman на Хэллоуин, как правило, будут доступны в вариантах комиксов или фильмов. (more…)
संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा

संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाडौं, माघ १९ संसद विघटनको विरोधमा नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा आज धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । देशको विकासको सट्टा, विवाद, भ्रष्टाचार, घुसखोरी र विभिन्न किसिमका काण्डमा सरकार लागेको भन्दै दबाब दिन कांग्रेसले देशैभर सडक आन्दोलन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पूर्वमन्त्री दिलमान पाख्रिन, पूर्व सभापति रामनाथ अधिकारी, महासमिति सदस्यहरु झंक नारायण श्रेष्ठ,बासु तिमल्सेना, कल्पना अधिकारी, कविता इटनी, नेपाल तरुण दलका अध्यक्ष गोपाल विक, नेपाल विद्यार्थी संघका इश्वर अधिकारी, नेपाल किसान संघ, भरत बहादुर ढकाल, आदिवासी जनजाति संघका अध्यक्ष टेकजंग लामा, भूपू सैनिक संघका डिल बहादुर गु...
संसद विघटनविरुद्ध कांग्रेसको धारणा स्पष्ट छ : प्रदिप पौडेल

संसद विघटनविरुद्ध कांग्रेसको धारणा स्पष्ट छ : प्रदिप पौडेल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, माघ १९ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संसद विघटनका विरुद्ध आन्दोलनमा जाने कुरामा कांग्रेसभित्र अलमल नभएको स्पष्ट पारेका छन् संसद विघटनविरुद्ध कांग्रेसका विभिन्न भातृ संगठनले गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न मोरङ पुगेका नेता पौडेलले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको बताए । केही व्यक्तिहरुले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको बताएपनि त्यस्तो नभएको बताए । कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको कांग्रेस आन्दोलनको लागि मैदानमा आइसकेको बताए । त्यस्तै संसद विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै लोकतन्त्र र संविधान समेत रहने कि...
एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौं, माघ १९ राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढीविरुद्ध गोलको वर्षा गरेको छ। पहिलो हाफमै १२ गोल गरेको एपीएफले दोस्रो हाफमा अरु १० गोल थप्दै शानदार जित हात पारेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफका खेलाडी हावी भए। एपीएफकी सावित्रा भण्डारी साम्बा एक्लैले एक दर्जन गोल गरिन्। खेल सुरु भएको पाँचौँ मिनेटमै खाता खोलेकी उनले ३२, ३३, ३४, ३७, ४७, ५५, ६२, ६४, ७२, ७९ र खेल सकिनुअघि समेत गरी १२ गोल गरेकी हुन्। त्यस्तै अनु लामाले ११, १४, २०, २६ र ६६औँ मिनेटमा गोल गरिन् भने अनिता बस्नेतले ८, ५० र ६७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यसबाहेक एपीएफकै सरु लिम्बुले १८औँ मिनेटमा र रेनुका नगरकोटेले ३१औँ मिनेटमा गोल गरे। जारी लिगमा सावित्राले २४ गोल गरिसकेकी छिन्। उनी लिगमा सर्वाधिक गोलकर्तामा अगाडि छिन्। आजको खेलमा च...
ईश्वर पोखरेलको स्कर्टिङसँगैको गाडी नुवाकोटमा तोडफोड

ईश्वर पोखरेलको स्कर्टिङसँगैको गाडी नुवाकोटमा तोडफोड

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाडौं, माघ १९ नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको स्कर्टिङ सँगैको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको स्कर्टिङ सँगै रहेको एक गाडी तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो। गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।...
धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १९ पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। दुर्घटनामा परी ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमा मृत्यु भएको शव च्यापिएको अवस्थामा रहेको थियो। त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका थिए। उनीहरुला...
कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

शिक्षा, समाचार
काठमाण्डौँ, माघ १९ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोडर्ले सोमबार बिहान नतिजा सार्वजनिक गरेको हो । आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको परीक्षाफल रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको बोर्डले जनाएको छ। बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो। परीक्षाफल हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ।...
म्यानमारमा सैनिक ‘कु’ , एक वर्षको लागि सङ्कटकाल घोषणा

म्यानमारमा सैनिक ‘कु’ , एक वर्षको लागि सङ्कटकाल घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौं, माघ १९ । सत्तारुढ दलका नेताहरुको गिरफ्तारीपश्चात म्यानमारको सेनाले सत्ता हत्याउँदै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । म्यानमारको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । यसअघि सेनाले आज बिहानै सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ एवम् स्टेट काउन्सिलर आन साङ सुकी, राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई गिरफ्तार गरेको थियो । अहिले राजधानी नेपिदअ र रंगुन शहरका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको छ । सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्ने तय भएको थियो । तर सेनाले भने यो बैठक नराख्न आग्रह गरिरहेको थियो । गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त सिट जिते पछि सेनाले निर्वाचनमा धाँधली भएको दाबी गर्दै...
सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का महसुस

सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का महसुस

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १९ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ । यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उहाँले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।...
निडर बक्ता शम्भु नेपालको शब्द तथा उद्धब घिमिरेको लयमा “आहा माया ” सार्वजनिक

निडर बक्ता शम्भु नेपालको शब्द तथा उद्धब घिमिरेको लयमा “आहा माया ” सार्वजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,माघ १९ । गित सगित बजारमा आउने क्रममा लय तथा सर्जक सम्भु नेपालको आहा माया बोलको गित सार्वजानिक भएको छ । पछिल्लो समयमा सर्जक सम्भु नेपालले र्सिजना गरेका गित संगितले निकै चर्चा कमाएको छ । घैया मकै लगाएतका अरु अन्य बिभिन्न गितहरु बाट चर्चा कमाउने क्रम जारी छ । यस गीतलाई शब्द उनै प्रतिभाका खानि शम्भु नेपालले भरेका हुन् । आमा मनकुमारी र बुबा टिका प्रसाद नेपालको कोखबाट नुवाकोट ककनी गाँउ पालिका ६, ३५किलो जुरेथम भदौरेमा जन्मिएका शम्भु नेपाल, पछिल्लो समयमा बजारमा आएका केहि गीतहरुबाट समाजमा बिकृति फैलाई रहेकोले हुनाले यस्ता विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नका निमित्त बिभिन्न मिडिया मार्फत आफ्नो आवाज बुलन्द गरिरहने एक निडर बक्ता पनि हुन् । उनि द्वारा सृजित गीतहरु पनि धेरै बजारमा आइसकेका छन् । उद्वव घिमिरे र पबित्रा खड्काको आहा माया बोलको गित बजारमा आएको हो । उद्वव घ...