Friday, April 19
Shadow

निडर बक्ता शम्भु नेपालको शब्द तथा उद्धब घिमिरेको लयमा “आहा माया ” सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी, ललितपुर,माघ १९ । गित सगित बजारमा आउने क्रममा लय तथा सर्जक सम्भु नेपालको आहा माया बोलको गित सार्वजानिक भएको छ । पछिल्लो समयमा सर्जक सम्भु नेपालले र्सिजना गरेका गित संगितले निकै चर्चा कमाएको छ । घैया मकै लगाएतका अरु अन्य बिभिन्न गितहरु बाट चर्चा कमाउने क्रम जारी छ ।

यस गीतलाई शब्द उनै प्रतिभाका खानि शम्भु नेपालले भरेका हुन् । आमा मनकुमारी र बुबा टिका प्रसाद नेपालको कोखबाट नुवाकोट ककनी गाँउ पालिका ६, ३५किलो जुरेथम भदौरेमा जन्मिएका शम्भु नेपाल, पछिल्लो समयमा बजारमा आएका केहि गीतहरुबाट समाजमा बिकृति फैलाई रहेकोले हुनाले यस्ता विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नका निमित्त बिभिन्न मिडिया मार्फत आफ्नो आवाज बुलन्द गरिरहने एक निडर बक्ता पनि हुन् । उनि द्वारा सृजित गीतहरु पनि धेरै बजारमा आइसकेका छन् ।

उद्वव घिमिरे र पबित्रा खड्काको आहा माया बोलको गित बजारमा आएको हो । उद्वव घिमिरे र पबित्रा खड्काको आवाजमा शम्भु नेपालको शब्द रहेको छ भने संगित उद्वव घिमिरेको रहेको छ । आहा माया गित लाई एरेन्ज रामकृष्ण थापाले गरेका छन् । यस गितमा अभिनय अनु पराजुली र शसेर झारी मगरको छ ।

भिडियो निर्देशन खमेश श्रेष्ठ, छायाँकन प्रवेश पोखरेल, कोरियोग्रफर बिजय बुढा मगर, श्रृगार मदन न्यौपाने, सम्पादन रोशन धितालले गरेका छन् ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares