Thursday, April 18
Shadow

प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै, एजेण्डा के छ ?


  • -इ
  • इ+

काठमाडौं , माघ १९ । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक बस्दै छ ।संसदविघटनविरुद्ध तेस्रो चरणका आन्दोलनका कार्यक्रम गरिरहेको उक्त समुहले बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो।

प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares