Monday, May 25
Shadow

Month: February 2021

गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)

गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, माघ २३ । गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक टंक बुढाथोकीको यूट्युव च्यानल मार्फत गित सार्वजनिक गरिएको छ । पछिल्लो समय निकै ब्यस्त रहने नृत्य निर्देशक रमेश बिजुली वि।सीको निर्देशन रहेको उक्त गितमा गायक स्वयम योगेश भट्ट र मिनु महतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन कृष्ण बाबुले गरेका छन् । सूदुर पश्चिम प्रदेशको कर्णाली चिसापानी क्षेत्रमा गितको छायांकन गरीएको छ । गायक योगेश भट्ट थुप्रै गित बजारमा आई सकेका छन् । गायक भट्ट २०६४ सालमा आयोजना गरिएको सुदुरपश्चिम आईडलका थर्ड रनर अप र २०६५ सालमा आयोजना गरिएको टीकापुर आईडलका फष्ट रनर अप हुन् । बिभिन्न समस्याका बिच पर्दा पछाडीबाटै संघर्ष गरिरहेका गायक भट्टले यो गितबाट आफुले धेरै आशा गरेको कैलाली खबरलाई बताए । भिडियो हेर्नुहोस्स्:  https://www.youtube.com/watch...
संवैधानिक निकायका पदाधिकारी नियुक्ति मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

संवैधानिक निकायका पदाधिकारी नियुक्ति मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

ब्यानर समाचार, राजनिती
  काठमाडौँ, माघ २३ । सर्वोच्च अदालतले संवैधानिक अंगमा किन पदाधिकारी नियुक्ति गरेको भन्दै राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबिनै नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार यस्तो आदेश दिएको हो। संवैधानिक आयोगहरूमा असंवैधानिक तवरले नियुक्ति गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमा संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई तत्काल काम गर्नबाट रोक्न पनि माग गरिएको थियो । तर, उनीहरूलाई काम गर्नबाट रोक्न भने इजलासले अस्वीकार गरेको थियो । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयलगायतलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको हो । प्रतिनिधिसभा विघटन भइस...
काँग्रेसले गर्यो सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न अपिल

काँग्रेसले गर्यो सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न अपिल

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २३ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध सबै दलहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमका विरुद्ध बन्द लगायतका जनतालाई दुःख दिने काम नगर्न आग्रह गरेका हुन । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली काँग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं ।’ संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउँदा जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न शर्माले आग्रह गरेका छन । यस्तै काँग्रेसले संवैधानिक परि...
राष्ट्रपति भण्डारीद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धि अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धि अध्यादेश जारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , माघ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)अध्यादेश, २०७७ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेको जानकारी दिएको छ । अध्यादेश जारी भएसँगै आउदो आइतबारदेखि सकिन लागेको आयोगको म्याद थप ६ महिना थपिएको छ ।...
घोडाघोडीमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना

घोडाघोडीमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना

दुर्घटना, समाचार
माघ २३ सुखड कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिर नजिकै बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । पश्चिम बाट पुर्व जाँदै गरेको ना ४ ख ९९७३ नम्बरको बस र पुर्व बाट पश्चिम जाँदै गरेको से १ त ४८३८ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किँएको बताइएको छ । बस र ट्याक्टर एक आपसमा ठोक्किँदा मानवीय क्षेती नभए पनि बसमा सवार ४ जना समान्य घाईते भएको इलाका प्रहरी कार्यालय सुखडका नायब उपरीक्षक सागर बोहराले बताए । ट्याक्टरको अगाडिको भाग फुटेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । बस पुर्व पश्चिम राजमार्गमा पल्टेको छ । पश्चिम बाट पुर्ब जाँदै गरेको बसलाई पुर्व बाट पश्चिम जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको बुझिएको छ । दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र चालकको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।...
नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन सडकमा ,  वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको आग्रह

नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन सडकमा , वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको आग्रह

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौ, माघ २३ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ । नेकपाकै दाहाल९नेपाल ओलीले प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा छ । दुबै समूह एकअर्कालाई गालीगलौज गर्दै शक्ति प्रदर्शन गरिरहेका छन् । यसैबीच यता राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट समाधान खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ । “कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभासम्मेलन ग...
मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २३ । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनको भनाइ छ । ‘हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । उनले भने, “विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।” गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार त्यो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रै निर्माणस्थलमा काम गरेका थिए । कोरोना सङ्क्रम...
बैतडीमा किशोरी मृत फेला, हत्याको आशंका

बैतडीमा किशोरी मृत फेला, हत्याको आशंका

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २३ । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । उनले भने, “मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् ।” ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । उनले भने, “घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्छ ।” घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोत...
लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखुगुलियो’चर्चामा

लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखुगुलियो’चर्चामा

मनोरञ्जन
महेन्द्रअधिकारी, ललितपुर, माघ २२।लोक प्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखु गुलियो’चर्चामा छ। लोक प्रिय सर्जक खेम सेन्चुरीको संगीत एवं नेत्र अर्यालको शब्दमा तयार भएको गीत ‘उखुगुलियो’सार्वजनिक भएको छोटो समयमा नै ४ लाख भन्दा माथि दर्शकहरुले मन पराइदिएका छन्।गीतको संगीत संयोजन कृष्ण बिक भान्जा ले गरेका हुन्। ‘उखुगुलियो’ को म्यूजिक भिडियोमा खेम सेन्चुरी, अन्जली अधिकारी, करिष्मा ढकाल, जुना सुन्दास, गीता ढुंगाना, लोसिना लामिछानेको अभिनय तथा नृत्य रहेको छ।भिडियो को निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्री ले गरेका हुन्।नवराज उप्रेतीको छायाँकन गरेको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्। सर्जक तथा गायक खेम सेन्चुरीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले सबै तिर चर्चा सँगै दर्शकको माया पनि बटुलिरहेको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि...
विप्लवप्रतिको प्रतिबन्ध हट्दै, नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश !

विप्लवप्रतिको प्रतिबन्ध हट्दै, नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश !

ब्यानर समाचार, राजनिती, समाचार, समाज
  काठमाण्डौ, माघ २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश जारी गरेको हो । ‘स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ ।  ...