Friday, April 26
Shadow

घोडाघोडीमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना


  • -इ
  • इ+

माघ २३ सुखड
कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिर नजिकै बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । पश्चिम बाट पुर्व जाँदै गरेको ना ४ ख ९९७३ नम्बरको बस र पुर्व बाट पश्चिम जाँदै गरेको से १ त ४८३८ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किँएको बताइएको छ ।

बस र ट्याक्टर एक आपसमा ठोक्किँदा मानवीय क्षेती नभए पनि बसमा सवार ४ जना समान्य घाईते भएको इलाका प्रहरी कार्यालय सुखडका नायब उपरीक्षक सागर बोहराले बताए । ट्याक्टरको अगाडिको भाग फुटेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बस पुर्व पश्चिम राजमार्गमा पल्टेको छ । पश्चिम बाट पुर्ब जाँदै गरेको बसलाई पुर्व बाट पश्चिम जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको बुझिएको छ । दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र चालकको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares