Friday, April 26
Shadow

लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखुगुलियो’चर्चामा


  • -इ
  • इ+

महेन्द्रअधिकारी, ललितपुर, माघ २२।लोक प्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखु गुलियो’चर्चामा छ।

लोक प्रिय सर्जक खेम सेन्चुरीको संगीत एवं नेत्र अर्यालको शब्दमा तयार भएको गीत ‘उखुगुलियो’सार्वजनिक भएको छोटो समयमा नै ४ लाख भन्दा माथि दर्शकहरुले मन पराइदिएका छन्।गीतको संगीत संयोजन कृष्ण बिक भान्जा ले गरेका हुन्।

‘उखुगुलियो’ को म्यूजिक भिडियोमा खेम सेन्चुरी, अन्जली अधिकारी, करिष्मा ढकाल, जुना सुन्दास, गीता ढुंगाना, लोसिना लामिछानेको अभिनय तथा नृत्य रहेको छ।भिडियो को निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्री ले गरेका हुन्।नवराज उप्रेतीको छायाँकन गरेको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्।

सर्जक तथा गायक खेम सेन्चुरीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले सबै तिर चर्चा सँगै दर्शकको माया पनि बटुलिरहेको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares