Thursday, April 25
Shadow

नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन सडकमा , वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको आग्रह


  • -इ
  • इ+

काठमाण्डौ, माघ २३ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ ।

नेकपाकै दाहाल९नेपाल ओलीले प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा छ । दुबै समूह एकअर्कालाई गालीगलौज गर्दै शक्ति प्रदर्शन गरिरहेका छन् ।

यसैबीच यता राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट समाधान खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ ।

“कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभासम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले आज काठमाडौंमा प्रदर्शन र आमसभा गर्दैछ। त्यसको तयारीस्वरूप ओली समूहले बुधबार मोटरसाइकल ¥याली आयोजना गरेको थियो ।

नेकपाकै नेपाल–दाहाल समूहले पनि हिजो आमहडताल घोषणा गर्यो । आमहडताल सफल पार्न आह्वान गर्दै दाहाल–नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकाल्यो। यसरी नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना पनि बढेको छ।

प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares