Friday, April 24
Shadow

Month: January 2021

कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपील

कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपील

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ८ । नेपाली कांग्रेसले देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा आज प्रदर्शन गर्न लागेको हो । संसद विघटनको कदमलाई असंवैधानिक भनेको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ । कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपील गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका हुन् ।...
होसियार ! सुत्नु भन्दा अगाडी झुक्केर पनि नगर्नुहोस् यी काम

होसियार ! सुत्नु भन्दा अगाडी झुक्केर पनि नगर्नुहोस् यी काम

जिवनसैली, टिप्स, स्वास्थ्य
  काठमाडौँ । हाम्रो शरिर स्वस्थ राख्नको लागि स्वस्थ खानपान र व्यायाम मात्रै होइन आरामको पनि महत्वपूर्ण भुमिका हुन्छ । चिकित्सकहरुका अनुसार हामीले दैनिक कम्तीमा ७ देखी ८ घन्टा राम्रोसँग सुत्नु पर्छ दिनभरीको काम र ब्यस्त जिवनीले गर्दा बेलुका हाम्रो शरिर निक्कै थाकेको हुन्छ ।तर पनि राती बिच्छ्यौनामा पल्टिँदा धेरै जसो मानिसलाई सजिलै निन्द्रा लाग्दैन । यस्तो हुनुमा हाम्रो अव्यवस्थित जिवनशैली जिम्मेवार छ । मानिसका आफ्ना आफ्नै बानी तथा व्यवहारहरु हुन्छ । कहिलेकाहीँ आफ्ना गलत बानीले स्वास्थ्यमा ठुलै समस्या पुर्यारहेका हुन्छन्, तर हामी अनविज्ञ हुन्छौँ । सुत्नुभन्दा अगाडि गर्ने र उठिसकेपछि गर्ने कार्यमा विभिन्न तथ्य लुकेका हुन्छन् । सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ ।यदि तपाई राम्रोसँग सुत्न चाहानुहुन्छ भने राती सुत्नुअघि कहिल्यै ...
रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म

रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ७ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा रासायनिक मल पर्याप्त मात्रामा रहेको भनिएपनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको छ । कार्यालयको गोदाममा युरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा रहेको भनिए पनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको हो । धानखेतीको मौसममा किसानले पर्याप्त मात्रामा रासायनिक मल नपाएर सोचेजस्तो धानको उत्पादन लिन नसकेको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–१७ का किसान रामविजय यादवले भने, “यसपालि गँहु र उखुको सिजनमा समेत मल नपाएपछि भारतीय रासायनिक मलले काम चलाउनु परेकाले यस वर्ष पनि गँहु उत्पादनमा कमी आउँछ कि भनेर चिन्तामा परेको छु ।” कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको पुस मसान्तसम्म युरिया ११ हजार ७७१ टन, डिएपी ११ हजार ८६ टन र पोटास चार हजार ६२१ टन आएकोमा सोही अवधिमा रु पाँच करो...
चाणक्यका तीन भनाइ, जसले हाम्रो सोच बदलिदिन्छ

चाणक्यका तीन भनाइ, जसले हाम्रो सोच बदलिदिन्छ

जिवनसैली, टिप्स
काठमाडौं । आचार्य चाणक्य, जसले आफ्नो कुटनीतिको बलमा साधारण चन्द्रगुप्तलाई राजा बनाइदिएका थिए । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन्, जो हामीलागि अनुकरणिय हुनसक्छ । साथै यसले हामीलाई सार्थक मार्ग पहिल्याउन मद्दत गर्छ । -धन खर्च गर्दा सोंच विचार गरौं -अल्छीपन त्यागौं -बर्तमानमा बाँच्न सिकौं  ...
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, अभियोगमा ६० वर्षीय व्यक्ति परे पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, अभियोगमा ६० वर्षीय व्यक्ति परे पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ । ‘राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ’ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्क चावहिल बस्ने संखुवासभा पाँचखपन गाउँपालिका–५ खमारे घर भएका ६० वर्षीय तुलसी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । तुलसीले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै विश्वास दिलाई पीडितबाट उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि काठमाडौं दरबारमार्गबाट उनलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।...
सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ

सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ७ । नेपाली शान्ति सैनिक मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रमा समेत तैनाथ भई कार्य गर्दै आएको छ । उक्त क्षेत्रमा २० फिट हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको सिरेटोमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखिको सिरिया र इजरायलबीच विवाद अहिले पनि कायमै छ । संयुक्त राष्ट्रसङ्घले उक्त विषयमा विवाद उपन्न भएदेखि नै शान्ति सैनिक त्यस क्षेत्रमा तैनाथ गरिरहेको छ । विश्वकै सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा विद्युतीय धराप रहेको बताइएको छ । सो क्षेत्रमा द्वन्द्वरत सशस्त्र समूहको चलखेल पनि धेरै नै हुने गरेको जानकारी दिइएको छ । वर्षको आधा समय हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अध...
दिल्ली क्यापिटल्सद्वारा सन्दीपसहित ६ खेलाडी रिलिज, को को परे ?

दिल्ली क्यापिटल्सद्वारा सन्दीपसहित ६ खेलाडी रिलिज, को को परे ?

खेलकुद, मुख्य समाचार
काठमाडौँ , माघ ७ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिलिज गरेको छ । आइपिएलले दिएको आजको डेडलाइनमा दिल्लीले १९ खेलाडीलाई रिटेन गर्दै ६ खेलाडीलाई रिलिज गरेको छ ।रिलिज हुनेमा सन्दीपसहित मोहित शर्मा, कीमो पाउल, एलेक्स केरी, जासन रोय र तुषार देशपाण्डे रहेका छन् । सन्दीपले दिल्ली क्यापिटल्समा तीन सिजन खेलेका छन् । २०२० मा युएईमा भएको आइपिएलमा सन्दीपले दिल्लीबाट कुनै खेल खेल्न पाएनन् बहने यस अघि दुई सिजनमा दिल्लीका लागि ९ खेल खेलेका थिए । २०१८ मा ३ र २०१९ मा ६ खेल खेलेका सन्दीपले कुल १३ विकेट लिएका छन् । त्यस्तै दिल्लीले शिखर धवन, कागीसो रबाड़ा, पृथ्वी शा, अजिख्य रहाने, ऋषव पन्त, श्रेयस अय्यर, एन्रीच नोर्त्जे, मार्कोस स्टोइनिस, शिमरोन हेटमेयर, अक्सर पटेल, अमित मिश्रा, इशान्त शर्मा, आर आश्विन, ललित यादव, हर्षल पटेल, क्र...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोडे ह्वाइटहाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोडे ह्वाइटहाउस

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्नो चार बर्षे कार्यकाल पुरा गरेर ह्वाइटहाउस छोडेका हुन् । ट्रम्प आफ्नो बिदाई समारोहमा सहभागी हुन ज्वाइन्ट बेस आन्ड्रयुमा पुगेका हुन् । उनले त्याँहा बिदाई भाषण दिनेछन भने यो भाषणको यसअघिका राष्ट्रपतिको रुपमा गर्ने भाषणमा जस्तो रेकर्ड र टेलीप्रम्पटर हुने छैन । ट्रम्प पत्नी मेलानिया ट्रम्पसँगै फ्लोरिडा जाने बताइएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले केहि बेरमा शपथ लिदै छन् ।...
सचेत बनौंः नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो

सचेत बनौंः नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ७ । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा फैलिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको हो ।संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु ...
यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७ । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९स्०० बजे पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिए । उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १५० समेत बरामद गरिएको छ । उनले भने, “पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया शुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणग...