लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली
काठमाडौँ , माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जिम्मेवारीका साथ लोकतन्त्र बचाउन राजनीतिक लडाई लडिरहेको बताएका छन् ।
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सहि बाटोबाट कुबाटोमा लैजान नदिने राजनीतिक लडाई लडिरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफुहरु आवेग र उत्तेजित नभएको बताउदै पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउनेवाला नभएको र आफुहरु रातो झण्डा फहराउनेवालाहरु भएको बताए । आफ्नो गन्तव्यको बारेमा आफुहरु स्पष्ट रहेको बताउदै देशलाई विकासको बाटोमा लैजाने स्पष्ट बाटो अपनाएको उनले बताए ।
प्रधानमन्त्री ओलीले अहिले प्रचण्ड(नेपाल पक्षसँग आफु बाझ्ने पक्षमा नरहेको भन्दै अहिले विश्व तिब्र गतिमा बढेको र त्यो गतिलाई भेटाएर देश विकासमा ध्यानकेन्द्रित गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भारतीय जीन्युजलाई दिएको अन्तर्वार...









