Friday, April 26
Shadow

होसियार ! सुत्नु भन्दा अगाडी झुक्केर पनि नगर्नुहोस् यी काम


  • -इ
  • इ+

 

काठमाडौँ । हाम्रो शरिर स्वस्थ राख्नको लागि स्वस्थ खानपान र व्यायाम मात्रै होइन आरामको पनि महत्वपूर्ण भुमिका हुन्छ । चिकित्सकहरुका अनुसार हामीले दैनिक कम्तीमा ७ देखी ८ घन्टा राम्रोसँग सुत्नु पर्छ दिनभरीको काम र ब्यस्त जिवनीले गर्दा बेलुका हाम्रो शरिर निक्कै थाकेको हुन्छ ।तर पनि राती बिच्छ्यौनामा पल्टिँदा धेरै जसो मानिसलाई सजिलै निन्द्रा लाग्दैन । यस्तो हुनुमा हाम्रो अव्यवस्थित जिवनशैली जिम्मेवार छ ।

मानिसका आफ्ना आफ्नै बानी तथा व्यवहारहरु हुन्छ । कहिलेकाहीँ आफ्ना गलत बानीले स्वास्थ्यमा ठुलै समस्या पुर्यारहेका हुन्छन्, तर हामी अनविज्ञ हुन्छौँ । सुत्नुभन्दा अगाडि गर्ने र उठिसकेपछि गर्ने कार्यमा विभिन्न तथ्य लुकेका हुन्छन् । सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ ।यदि तपाई राम्रोसँग सुत्न चाहानुहुन्छ भने राती सुत्नुअघि कहिल्यै नगर्नुहोस यी काम

सुत्नु अगाडि खाना

रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन । यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ ।

सुत्नुअघि ल्यापटप वा मोबाइल

अहिले धेरैको बानी नै बनेको छ की सुत्नेबेलामा एक चोटी मोबाइल वा ल्यापटप चलाउनु । सुत्नु भन्दा अगाडी मोबाइल वा ल्यापटप चलाउदा निन्द्रा नलाग्न सक्छ । जसले तपाईलाई यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ ।

चुइगम खाने

युवाहरूमा चुइगम निकै लोकप्रिय छ र यो एउटा बानीको रूपमा पनि बसिसकेको छ धेरै युवाहरूमा । यदी तपाई सुत्ने बेलामा पनि पेपरमिन्ट फ्लेवरको चुइगम खाने गर्नुहुन्छ भने यसको गन्धले तपाईको निन्द्रा बिथोल्न सक्छ ।

किताब पढ्ने बानी

केही मानिसहरू सुत्नुभन्दा अगाडि पढ्ने गर्छन् । कुनै कुनै बेला त पढ्ने क्रममा आफ्नो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोड्नु भयो भने तपाईको निन्द्रा राम्रो हुन्छ ।

धुम्रपान

यदी तपाईं राती चुरोट वा कफी पिउने गर्नु हुन्छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले तपाईको निन्द्रा बिथोल्न सक्छ । यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ ।

चिसो पानीले मुख धुनु

राती सुत्नुभन्दा अगाडि तपाई यदी हात खुट्टा र अनुहार चिसो पानीले धुनुहुन्छ भने यो बानी बदल्नु राम्रो हुन्छ । सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ ।

मध्यपान

निन्द्रामा यदी दुई पेग लगाउने बारे सोच्नुहुन्छ भने त्यो बानी हटाउनु राम्रो हुन्छ । अल्कोहलको सेवनले शरीरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ । सुत्नुअघि यी कुराहरुमा विचार पुर्याउनुभएन भने पछुताउन पनि पर्नसक्छ ।
राती अबेरसम्म काम

तपाईको जति नै महत्वपूर्ण काम भएपनि राती गर्नु भन्दा बिहानै उठेर गर्दा राम्रो हुन्छ । किनभने सुत्नुअघि काममा ध्यान केन्द्रित गर्दा तपाईको दिमाग उत्तेजित हुन्छ र तनाव उत्पन्न हुन्छ जसले राम्रो सँग निदाउन दिँदैन् ।

गम्भिर कुराकानी गर्ने

कुनै गम्भिर कुराकानी वा झगडा गरेर सुत्नुभयो भने तपाईको दिमागमा धेरै कुरा खेल्छ र निन्द्रा लाग्दैन । त्यसैले राती सुत्न अघि कहिल्यै पनि गम्भिर कुराकानी वा झगडा नगर्नुहोस ।

बाँयातर्फ फर्केर सुत्नुका यी फाइदा

एउटा भनाइ छ ‘राती चाडै सुत्नुहोस् बिहान चाडै उठ्नुहोस्’ तर आजभोलीको व्यस्त जीवनशैलीले गर्दा हाम्रो सुत्ने र उठ्ने समय फरक छ । बिहान छिटो उठेपनि राती अबेरसम्म बस्ने गर्छौ जसका कारण डिप्रेसन,उच्च रक्तचाप, तौल बढ्नेजस्ता थुप्रै समस्या देखिन्छन् ।

समयमा नै सुत्ने उठ्ने मान्छेका लागि पनि सुता इ नमिल्दा स्वास्थ्यमा विभिन्न असरहरू देखा पर्न सक्छन ।दायाँ तर्फ फर्केर सुत्दा पाचन सम्बन्धि समस्या हुन्छ, बाँया तर्फ फर्केर सुत्दा पाचन समस्या आउदैन ।गर्भअवस्थामा अधिकांश महिलाहरूलाइ ढाडको समस्या हुने गर्छ । यस्तो समस्याबाट पिडपत महिलाहरूलाइ चिकित्सकहरू बाँया तर्फ फर्केर सुत्ने सल्लाह दिन्छन् ।

बाँयातर्फ फर्केर सुत्दा घुर्ने समस्या पनि कम हुन्छ त्यसैले धेरै घुर्ने समस्या छ भने बाँयातर्फ फर्केर सुत्नुहोस् ।हामी दाँयातर्फ फर्केर सुत्दा हाम्रो मुटुमा सबैभन्दा बढी असर हुन्छ । बाँयातर्फ सिरानी गरेर सुत्दा मुटु सजिलै चल्छ ।

यसैले सुताइले पनि तपाइको स्वास्थ्यमा असर पुग्ने हुनाले एकदमै ख्याल गरेर सुत्नुहोस् । सुत्दा सकेसम्म बाँया नै फर्केर सुत्नुहोस यसले गर्दा तपाइको कतिपय स्वास्थ्य समस्या कम हुन्छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares