Thursday, April 25
Shadow

दिल्ली क्यापिटल्सद्वारा सन्दीपसहित ६ खेलाडी रिलिज, को को परे ?


  • -इ
  • इ+

काठमाडौँ , माघ ७ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिलिज गरेको छ ।

आइपिएलले दिएको आजको डेडलाइनमा दिल्लीले १९ खेलाडीलाई रिटेन गर्दै ६ खेलाडीलाई रिलिज गरेको छ ।रिलिज हुनेमा सन्दीपसहित मोहित शर्मा, कीमो पाउल, एलेक्स केरी, जासन रोय र तुषार देशपाण्डे रहेका छन् ।

सन्दीपले दिल्ली क्यापिटल्समा तीन सिजन खेलेका छन् । २०२० मा युएईमा भएको आइपिएलमा सन्दीपले दिल्लीबाट कुनै खेल खेल्न पाएनन् बहने यस अघि दुई सिजनमा दिल्लीका लागि ९ खेल खेलेका थिए । २०१८ मा ३ र २०१९ मा ६ खेल खेलेका सन्दीपले कुल १३ विकेट लिएका छन् ।

त्यस्तै दिल्लीले शिखर धवन, कागीसो रबाड़ा, पृथ्वी शा, अजिख्य रहाने, ऋषव पन्त, श्रेयस अय्यर, एन्रीच नोर्त्जे, मार्कोस स्टोइनिस, शिमरोन हेटमेयर, अक्सर पटेल, अमित मिश्रा, इशान्त शर्मा, आर आश्विन, ललित यादव, हर्षल पटेल, क्रिस वोक्स, डेनियल शाम्स, अभेश खान र प्रविण दुवेलाई रिटेन गरेको छ ।

दिल्ली क्यापिटल्स २०२० सिजनमा पहिलो पटक फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares