Thursday, April 18
Shadow

रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म


  • -इ
  • इ+

काठमाडौं, माघ ७ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा रासायनिक मल पर्याप्त मात्रामा रहेको भनिएपनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको छ । कार्यालयको गोदाममा युरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा रहेको भनिए पनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको हो ।

धानखेतीको मौसममा किसानले पर्याप्त मात्रामा रासायनिक मल नपाएर सोचेजस्तो धानको उत्पादन लिन नसकेको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–१७ का किसान रामविजय यादवले भने, “यसपालि गँहु र उखुको सिजनमा समेत मल नपाएपछि भारतीय रासायनिक मलले काम चलाउनु परेकाले यस वर्ष पनि गँहु उत्पादनमा कमी आउँछ कि भनेर चिन्तामा परेको छु ।”

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको पुस मसान्तसम्म युरिया ११ हजार ७७१ टन, डिएपी ११ हजार ८६ टन र पोटास चार हजार ६२१ टन आएकोमा सोही अवधिमा रु पाँच करोड ४४ लाख पाँच हजार मूल्य बराबरको तीन हजार ६३७ टन युरिया, रु १० करोड २४ लाख मूल्य बराबरको दुई हजार २२८ टन डिएपी र रु एक करोड १२ लाख मूल्य बराबरको पोटास बिक्री गरेको कम्पनीका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए ।

१४ स्थानीय तह रहेको पर्सामा रासायनिक मल बेच्ने आधिकारिक सहकारी संस्थाको सङ्ख्या ११५ रहेको छ भने ८० प्रतिशत किसान गहुँखेती गर्दै आएका छन् । स्थानीय तहको सिफारिसमा सहकारी संस्थाले पर्याप्त मात्रामा रासायनिक मल लगे पनि किसानसम्म किन पुग्न नसकेको बारे जिज्ञासा राख्दा प्रबन्धक केसीले सहकारी संस्थाले लगेको रासायनिक मल किन किसानलाई उपलब्ध भएन त्यो हेर्ने काम स्थानीय तहको रहेको बताए ।

सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको मल सहकारी संस्थाले कालोबजारी गरी महँगो मूल्यमा बेच्नको लागि कृत्रिम अभाव सिर्जना गर्दा बाध्य भएर बालीमा भारतीय मल प्रयोग गर्नुपर्ने बाध्यता रहेको अर्का किसान विजय पण्डितको आरोप छ ।

भारतीय मलमा उर्बराशक्ति कम हुने भएकाले सोचेजस्तो अन्नबाली उत्पादन नहुँदा किसानको लागतसमेत उठन नसकेको बताइएको छ । बङ्गलादेशबाट आउने ५० हजार टन युरियाको अतोपतो नभए पनि चिनबाट आएको ३० हजार टन युरिया कलकता बन्दरगाहमा अड्किएको छ । उक्त मल एक साताभित्र नेपाल आई पुग्ने सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मल आउने क्रम जारी रहेकाले हाल मलको अभाव नहुने बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares