Thursday, March 28
Shadow

केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल


  • -इ
  • इ+

काठमाण्डौँ, माघ १७
रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेको नुवाकोटमा ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । गल्छीहुदै काठमाडौ बिहीबार बिहान जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले दिएको ठक्करबाट ज्यान गएको हो । उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अबस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुराएको थियो । त्यहाँ लैजादाँ मृत्य भैसकेको चिकित्सकले बताएका थिए । उनलाई ट्रिपरले ठक्कर दिएर ज्यान लिएको र उपचारको लागी अस्पताल लगेको भनेर प्रहरीले भनेपनि घटनाको तथ्य बङ्गाउनको लागी त्यसो गरेको पाइएको छ । घाइतेलाई उपचारको लागी अस्पतालमा लगेको भएपनि उनले लगाएको हेलमेट टाउकोबाट ननिकालेको, मुखमा लगाएको माक्स समेत नझिकेको पाइनुले प्रहरीले ठक्कर दिने ट्रिपरलाई बचाउनको लागी त्यसो गरेको पाइएको छ ।

उनलाई ठक्क्र दिने ट्रिपरमा रगत समेत लतपतिएको र मोटरसाइकल ठक्कर दिदा कोरिएको डोब प्रष्ट रुपमा देख्न सकिने भएपनि नुवाकोट प्रहरीले घटनालार्ई तोडमोड गर्न थालेपपिछ पीडित पक्षले बिरोध जनाउदै दोषीलाई उम्कन नदिनको लागी कारबाहीको माग गरेका छन् । ट्रिपरका चालकलाई कारबाही गर्न नुवाकोट प्रहरीले वेवास्था गरेको भन्दै पीडित परिवार, आफन्त सहितले बिहीबार साँझ सयौको सङ्ख्यामा नुवाकोटको मुख्य चोक विदुरमा जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । पीडित परिवारले ट्रिपरले मोटरसाइललाई ठक्कर दिदाँ त्यहाँ रगत समेत देखिएको र स्थानीय प्रत्यक्षदर्शीले समेत त्यही भनेपनि प्रहरीले अपराधी चाकललाई कारबाही गर्न वेवास्था गरेको भन्दै उनलाई काराबहीको दायरामा नल्याएसम्म बिरोध प्रदर्शन जारी राख्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनाको सम्बन्धमा अनुसन्धान भैरहेकाले दोषीलाई कारबाही हुने भनेर प्रहरी प्रमुख तुलबहादुर कार्कीले आश्वासन दिदै पन्छिएका छन् । पीडित पक्षले छलफलको लागी समेत समय माग गर्दा वेवास्था गर्दै प्रहरीले घटनालाई लुकाउन खोजेको अर्को आधार देखिएको छ ।

मोटरसाइकललाई ठक्कर दिएको ट्रिपर सहित त्यसको चालकलाई पक्राउ गरेको भएपनि मुद्धा चलाउन नुवाकोट प्रहरीले वेवास्था गरेको हो । मिनीट्रकका चालक नुवाकोटको काहुलेका अमृत लामाको सवारी चालक अनुमतिपत्र हेभी सवारी साधनको नभएकाले उनलाई कारबाहीमा ल्याउन झन सजिलो हुने भएपनि प्रहरी उम्काउन लागेपछि पीडित परिवारले यस घटनामा न्यायको लागी साथ दिन सबैलाई सहयोग मागेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares