Friday, April 24
Shadow

Month: January 2021

कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम , एकैदिन विश्वभर १६ हजारभन्दा बढीको मृत्यु

कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम , एकैदिन विश्वभर १६ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ, माघ १ । विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार ९२९ पुसमा० १६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् ।बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाए...
नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

मुख्य समाचार, समाचार, समाज
नुवाकोट , माघ १ । यस वर्ष पनि नुवाकोटका विभिन्न भेगमा भव्य रूपमा गोरु जुधाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिमा हुने यस्तो कार्यक्रम तारुकासहित विभिन्न स्थानमा हुँदैछ । चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको तारुका माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए । तारकेश्वर गाउँपालिका–३ चन्दनीमा मेला आयोजना गरिएको छ । चन्दनीमा यस वर्ष २२ हल गोरु जुध्नेछ् । विदुर नगरपालिका–१० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ७ र पञ्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाउने तयारी गरिएको छ । चन्दनीमा मेला सफल बनाउन गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने बताइएको छ । गत वर्ष गोरु वर्गीकरण गरी क र ख वर्गअनुसार पुरस्कार वितरण गरिएको थियो । ...
बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना

बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ १ । काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ । विहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको हो । थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । बस तिब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । बसमा ५ जना सवार रहेकोमा एक जना घाइते भएका छन् । दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।...
ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

अन्तर्राष्ट्रिय, मुख्य समाचार
  काठमाडौं , माघ १ । राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् । तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए । तल्लो सदनले सन् २०२० मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो । तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभ...
मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , माघ १ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गरेका छन् । माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिदै उन जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताएका छन् । उनले भनेका छन्, “संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।” तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उनको सन्देशमा उल्लेख छ । सभामुखले थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे सङ्क्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइने उल्लेख गरेका छन । सभामुखले सन्देशमा भनेका छन्, “कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाड...
परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै, के के छन् एजेन्डा ?

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै, के के छन् एजेन्डा ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जादै छन् । नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् । नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा दुई देशबीचको सम्बन्ध, व्यापार, उर्जा, सीमा विवाद र कोभिड सम्बन्धि सहयोग, लगानी, कृषि, पर्यटनलागायतका विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीको यस भ्रमणका क्रममा सीमा विवाद बारे कुरा हुने बताएका थिए । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीच...
आज माघे सङ्क्रान्ति मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

आज माघे सङ्क्रान्ति मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं ,माघ १ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे ९मकर० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्...
आजको मौसम पूर्वानुमान, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

ब्यानर समाचार 2, मौसम, समाचार, समाज
काठमाडौं , माघ १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जानकारी दिएको छ । यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । भने, प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ। यता, प्रदेश नं १ का एक दुई स्थानमा भने हल्का वर्षाको...
माघे संक्रान्तिले आपसी एकता र सद्‌भाव अभिवृद्धि होस: राष्ट्रपति भण्डारी

माघे संक्रान्तिले आपसी एकता र सद्‌भाव अभिवृद्धि होस: राष्ट्रपति भण्डारी

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिले आपसी एकता र सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने अपेक्षा गरेकी छन् । माघे संक्रान्तिका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघीले मुलुकको एकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् । उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।...
अकरम पठानद्वारा माघी पर्व‌को शुभकामना व्यक्त

अकरम पठानद्वारा माघी पर्व‌को शुभकामना व्यक्त

समाचार, समाज
२९ पुस , कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस प्रवक्तापठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड माघी पर्व माघ १ गते भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।...